रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा साढे ५६ घण्टापछि बिजुली आएको छ । अविरल वर्षासँगै आएको बाढी पहिरोले गत शनिवार बिहान ११ बजेबाट मन्थलीमा पूर्णरुपमा बिजुली आपूर्ति रोकिएको थियो । गत शनिवार बिहान ११ बजेबाट बन्द भएको बिजुली सोमबार साँझ साढे ५ बजेबाट सुचारु भएको छ । मन्थलीमा बिजुली आए पनि नेपाल टेलिकमको इन्टरनेट सेवा भने सुचारु हुन सकेको छैन । यो समाचार तयार पार्दासम्म मोबाइलमा नेटवर्क सेवामा केही सुधार भए पनि नेपाल टेलिकमको इन्टरनेट सेवामा भने मोबाइल डाटा तथा वाइफाइ चलेको छैन ।
५६ घण्टा भन्दा बढी समयदेखि मन्थलीमा बिजुली आपूर्ति बन्द हुँदा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयहरू,बैङ्क, सहकारी संस्था लगायतका सेवा रोकिएका थिए । लिफ्ट मार्फत तामाकोशीको पानी तानेर खाने पानी सेवा लिइरहेका मन्थली बासीलाई बिजुली नभएपछि खानेपानीको समेत समस्या हुन थालेको थियो ।
Advertisement
प्रतिक्रिया