रामेछाप–काठमाडौँ वैकल्पिक सडक, खाडिचौर–मुडे–चरिकोट–तामाकोशी–फुलासी–मन्थली

रामेछाप । गत बिहीबार, शुक्रवार र शनिवार परेको अविरल वर्षासँग आएको बाढीका कारणa रामेछापको राजधानी काठमाडौँसँग सम्बन्ध टुटेको छ । राजधानी काठमाडौँबाट रामेछाप आवत जावत हुने महत्त्वपूर्ण दुई वटा पक्की पुल सुनकोशीमा आएको बाढीले बगाएको छ ।
सदरमुकाम मन्थलीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने खुर्काेटमा रहेको पक्की पुल सुनकोशीले बगाएको छ ।

त्यस्तै पश्चिम रामेछापलाई राष्ट्रिय राजमार्गसँग जोड्ने खाँडादेवी गाउँपालिका–१ राकाथुमको खैरेनीघाट र सिन्धुलीको सुनकोशी गाँउपालीका–१ दुम्जा स्थित पक्की पुल पनि सुनकोशीको बाढीले बगाएको छ । रामेछापलाई राजधानी काठमाडौँ र तराईसँग जोड्ने खाँडादेवी गाउँपालिका–३ सित्खा र सिन्धुली जोड्ने एउटा पुल मात्रै बाकी छ ।
सोही पुलमा मार्फत अहिले रामेछापबाट सिन्धुली हुँदै तराई क्षेत्र जाने सडक भने आइतबार रातिबाटै सञ्चालन भइरहेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो “रामेछापलाई खाद्यान्नका सामाग्री तथा पेट्रोलियम पदार्थहरूको अभाव हुन नदिन सबैको ध्यान यही बाटो सञ्चालनमा गायो । जिल्ला प्रशासन, स्थानीय सरकार लगायत सरोकारवाला निकायको लामो प्रयासपछि सित्खाबाट तराईका क्षेत्र जाने आउने सडक सञ्चालन भइरहेको छ । यसले रामेछापेली जनतालाई ठुलो राहत भएको छ ।”

Advertisement

काठमाडौँबाट–चरिकोट–तामाकोशी–फुलासी–मन्थली सडक चल्ने सम्भावना
राजधानी काठमाडौँसँगको रामेछापको सम्बन्धनै विच्छेद भएपछि जिल्ला स्थित सबै सरोकारवाला निकाय वैकल्पिक बाटो सञ्चालन गर्न तिर लागेका छन् । अहिले काठमाडौँबाट काभ्रेको बनेपा–सिन्धुपाल्चोकको खाडिचौर–मुडे हुँदै दोलखाको चरिकोट–तामाकोशी मिल्ती हुँदै रामेछापको मन्थली नगरपालिकाको फुलासी जिरो किलोबाट मन्थली नगरपालिका वडा नं ११ र १२ गेलु हुँदै सदरमुकाम मन्थलीसम्मको बाटो सञ्चालनलाई जोड दिइएको छ । सोही अनुसार अहिले मन्थली नगरपालिका वडा नं ८ चिसापानीमा तामाकोशीले कटान गरेको सडक निर्माणका काम सुरु गरिएको छ ।

सदरमुकाम मन्थली नजिकै मन्थली नगरपालिका वडा नं ८ चिसापनी स्थित करमबोट पारी तामाकोशीले कटान गरेको सडक निर्माणको काम थालिएको मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले बताउनुभयो । राजधानी काठमाडौँबाट रामेछाप आवत जातव गर्ने सवारी साधन सञ्चालन हुने वैकल्पिक सडकका रूपमा यो सडक मर्मतको काम थालिएको उहाँले बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो “अहिले मन्थली नगरपालिका, पूर्वाधार विकास कार्यालय लगायतले क्षति भएका ठाउँ ठाउँका सडक मर्मत तथा पुनर्निर्माण काम गरिरहेको छ। यो सडक मार्फत केही दिनमा काठमाडौँ सम्म यातायात सेवा सञ्चालन हुन्छ भन्ने हाम्रो निष्कर्ष हो । सोही अनुसार काम भइरहेको छ ।” उहाँका अनुसार यो सडक मार्फत सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका वडा नं ८, ९,१०, ११, १२, १३ र १४ वडासम्म भने भोलीसम्ममा यातायातको साधन सञ्चालन गर्ने गरी काम भइरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च