रामेछाप । तामाकोशीले कटान गरेको मन्थली नगरपालिका–८ चिसापानी स्थित करमबोट पारीको सडक मर्मत गरिएको छ । मन्थली नगरपालिका वडा नं ८ चिसापानीमा तामाकोशीले कटान गरेको सडक निर्माणका गरी तत्कालका लागि सडक खुलाइएको मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबै भन्दा बढी तामाकोशीले कटान गरेको सडक तत्कालका लागि साना ठुला सवारी सञ्चालन हुने बनाइएको र अब ठाउँ ठाउँमा पहिरो खसेका तथा भत्किएका सडकलाई पनि सफा गर्ने र मर्मत गरी सञ्चालनमा ल्याइनेछ । यो सडक खुलेसँगै मन्थली नगरपालिका–१०, ११, १२, १३ र १४ जाने सडक मर्मतको काम पनि हुने भएको छ । स्थानीय बफर खोलामा आएको बाढीले गरेको सडक क्षतिलाई मर्मत गरी यी वडाहरूमा पनि चाडै यातायातका साधन सञ्चालन गरिने प्रवक्ता श्रेष्ठले बताउनुभयो । यो सडकलाई राजधानी काठमाडौँबाट रामेछाप आवत जातव गर्ने सवारी साधन सञ्चालन गर्ने वैकल्पिक सडकका रूपमा समेत हेरिएको छ ।
प्रतिक्रिया