रामेछाप । रामेछाप उद्योग वाणिज्य संघ रामेछापले दैनिक उपभोग्य खाद्यान्न र अति आवश्यक सामान बोकेका मालबाहक सवारी साधनलाई नरोक्न अनुरोध गरेको छ । संघले दैनिक उपभोग्य खाद्यान्न र अति आवश्यक ढुवानीका मालबाहक गाडीहरूलाई छेकथुन नगरी आवश्यक सहजीकरण गरिदिन अनुरोध गरेको हो ।
सामान बोकेर रामेछाप हिडेका सवारी साधनहरुलाई छिमेकी जिल्लाका प्रशासन कार्यालयहरुले छेकथुन गर्ने गरेका छन् । सडकको अवस्थाको कारण देखाउँदै विगतमा पनि यस्तो हुँदै आएको थियो । यसकारण रामेछाप उद्योग वाणिज्य संघ रामेछापले बिपत्ति परेको समयमा एक जिल्लाले अर्को जिल्लालाई सहयोग गर्नुपर्ने भन्दै दैनिक उपभोग्य खाद्यान्न र अति आवश्यक सामान बोकेका मालबाहक सवारी साधनलाई छेकथुन नगर्न अपिल गरेको हो ।
प्रतिक्रिया