मन्थली–चरिकोट–काठमाडौँ सडक भोलिबाटै सञ्चालन गर्ने तयारी

रामेछाप । रामेछाप सदरमुकाम मन्थली–चरिकोट–काठमाडौँ सडक भोलि (बुधवार) बाट सञ्चालनमा आउने भएको छ । गत बिहीबार, शुक्रवार र शनिवार परेको अविरल वर्षासँगै तामाकोशीमा आएको बाढीले यो सडक खण्ड अन्तरगत दोलखाको किर्नेमा अन्दाजी ४०० मिटर सडक पूर्ण रूपमा कटान गरेको छ ।

जसका कारण यो सडक पूर्ण रूपमा बन्द भएको छ । मङ्गलवार बसेको रामेछाप र दोलखा जिल्लाका सरोकारवालाबिचको बैठकमा हाइड्रोपावर क्षेत्रबाट वैकल्पिक रूपमा वाईपास सडक खुलाउने सहमती भएको दोलखाका पत्रकार केदार सिवाकोटीले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार मङ्गलवार सरोकारवालाबिच भएको सहमति कार्यान्वयन भएमा भोलि (बुधवार) बेलुका वा पर्सी (बिहीबार) बिहानसम्ममा मन्थली–चरिकोट–काठमाडौँ वाईपास सडक सञ्चालनमा आउने छ । गत बिहीबार, शुक्रवार र शनिवार परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण सबै क्षेत्रका सडक क्षति भएपछि रामेछापको राजधानी काठमाडौँसँग सम्बन्ध टुटेको छ । राजधानी काठमाडौँबाट रामेछाप आवत जावत हुने महत्त्वपूर्ण दुई वटा पक्की पुल सुनकोशीमा आएको बाढीले बगाएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च