एमाले रामेछापका नेता शम्भु श्रेष्ठद्वारा सित्खाका बाढी पीडितलाई राहत सामाग्री प्रदान

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खाका बाढी पीडित परिवारलाई समाजसेवी एवं नेकपा एमाले रामेछापका नेता शम्भुकुमार श्रेष्ठले राहत सामाग्री प्रदान गर्नुभएको छ । मङ्गलवार खाँडादेवी गाउँपालिका–३ सित्खाका बाढीले घर बगाएका चित्रबहादुर खत्री, कैलाश माझी, भुवनकुमार खत्री, कमल श्रेष्ठ, पञ्चबहादुर माझी, सानु कान्छा माझी, लक्ष्मण माझी, शम्भु माझी परिवारलाई खाद्यान्न, पकाउने, खाने भाँडाकुँडा लगायतका राहत सामाग्री प्रदान गर्नुभएको हो ।

नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य श्रेष्ठ ५० हजार रुपैयाँ बराबरको राहत सामाग्रीहरू खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, एमाले रामेछापका प्रचार विभाग प्रमुख राकेश श्रेष्ठ, खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्कर कुमार लगायतको उपस्थितिमा पीडितहरूलाई प्रदान गरिएको एमाले रामेछापका प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी दिनुभयो । गत बिहीबार, शुक्रवार र शनिवार परेको अविरल वर्षासँगै आएको बाढीले खाँडादेवी गाउँपालिका–३ सित्खामा पाँच वटा भन्दा बढी घर बगाएको छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च