मन्थली–चरिकोट–काठमाडौँ बाइपास सडक खुल्यो

रामेछाप । रामेछाप सदरमुकाम मन्थली–चरिकोट–काठमाडौँ सडक बुधवार दिउँसोबाट खुलेको छ । दोलखाको किर्ने स्थित  जलविद्युत आयोजना क्षेत्रबाट वैकल्पिक रूपमा बाइपास सडक खुलाइएको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो ।

मङ्गलवार ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम), नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समेतको उपस्थितिमा बसेको रामेछाप र दोलखा जिल्लाका सरोकारवालाबिचको बैठकमा बाइपास सडक खुलाउने सहमति बनेको थियो । सोही सहमति अनुसार तत्काललाई बाइपास सडक खुलाइएको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

Advertisement

उहाँले भन्नुभयो “ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समेतको उपस्थितिमा रामेछाप र दोलखा जिल्लाका सरोकारवालाबिच सर्वपक्षीय सहमति अनुसार बाइपास सडक खुलाइएको छ । अब यो सडक खुलेसँगै रामेछापका नागरिकलाई काठमाडौँबाट घर आउन र जान सहज भएको छ ।”

उहाँका अनुसार बुधवार दिउँसो ३ बजेबाट मन्थली–चरिकोट–काठमाडौँ बाइपास सडक खुलेको हो । गत बिहीबार, शुक्रवार र शनिवार परेको अविरल वर्षासँगै तामाकोशीमा आएको बाढीले यो सडक खण्ड अन्तरगत दोलखाको किर्नेमा अन्दाजी ४०० मिटर सडक पूर्ण रूपमा कटान गरेको थियो । जसका कारण यस भन्दा अघि यो सडक पूर्ण रूपमा बन्द भएको छ । गत बिहीबार, शुक्रवार र शनिवार परेको अविरल वर्षासँगै सुनकोशीमा आएको बाढीले रामेछापबाट काठमाडौँबाट आवत जावत हुने महत्त्वपूर्ण दुई वटा पक्की पुल बगाएपछि रामेछापको राजधानी काठमाडौँसँग सम्बन्ध टुटेको थियो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च