भोलिबाट मन्थली–काठमाडौँ नियमित यातायात सेवा, मन्थली–काठमाडौँको भाडा ९५४ रुपैयाँ

रामेछाप । मन्थली–चरिकोट–काठमाडौँ बाइपास सडक खुलेसँगै रामेछापबाट काठमाडौँ नियमित यातायात सेवा सञ्चालन हुने भएको छ । जिल्लाबाट पूर्व अरनिको यातायात प्रालि, वेणी त्रिवेणी यातायात प्रालि लगायतका यातायात प्रालिहरुले बिहीबारबाट मन्थली–काठमाडौँ नियमित सेवा दिने भएका हुन् ।

बिहीबारबाट नियमित बस सेवा सञ्चालनका लागि मन्थली–चरिकोट–काठमाडौँको टिकेट काटिसकिएको पूर्व अरनिको यातायात प्रालि रामेछापका इन्चार्ज सुवास फुयाँलले बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो “मन्थली–चरिकोट–काठमाडौँ बाइपास सडक खुलेसँगै बिहीबारबाट नियमित यातायात सेवा सञ्चालन हुन्छ । पूर्व अरनिको यातायात प्रालिले बुधवार बाटै मन्थली–काठमाडौँको टिकेट काटिसकेको छ ।” अहिले चरिकोट–काठमाडौँको भाडा ६५४ रुपैयाँ रहेको र त्यसमा ३०० रुपैयाँ थप भई मन्थली–काठमाडौँको भाडा ९५४ रुपैयाँ निर्धारण गरिएको उहाँले बताउनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च