रामेछाप । मन्थली–चरिकोट–काठमाडौँ बाइपास सडक खुलेसँगै रामेछापबाट काठमाडौँ नियमित यातायात सेवा सुचारु भएको छ । पूर्व अरनिको यातायात प्रालि, वेणी त्रिवेणी यातायात प्रालि लगायतका यातायात प्रालिहरुले बिहीबार बिहानैदेखि मन्थली–काठमाडौँ नियमित बस सेवा सुरु गरेका हुन् ।
बिहीबारबाट मन्थली–चरिकोट–काठमाडौँको नियमित बस सेवा सञ्चालन गरिएको पूर्व अरनिको यातायात प्रालि रामेछापका इन्चार्ज सुवास फुयाँलले बताउनुभयो । उहाँले भन्नुभयो “मन्थली–चरिकोट–काठमाडौँ बाइपास सडक बुधवारबाट खुलेको छ । सडक खुलेसँगै बिहीबार बिहानैदेखि मन्थली– काठमाडौँ नियमित बस सञ्चालन भएका छन्।”
चरिकोट–काठमाडौँको भाडा ६५४ रुपैयाँ रहेको र त्यसमा ३०० रुपैयाँ थप भई मन्थली–काठमाडौँको भाडा ९५४ रुपैयाँ निर्धारण गरिएको उहाँले बताउनुभयो ।
असोज १०, ११ र १२ गते परेको अविरल वर्षासँगै तामाकोशीमा आएको बाढीले मन्थली–चरिकोट–काठमाडौँ सडक खण्ड अन्तरगत दोलखाको किर्नेमा अन्दाजी ४०० मिटर सडक पूर्ण रूपमा कटान गरेको थियो ।
जसका कारण असोज १२ गतेदेखि यो सडक पूर्ण रूपमा बन्द भएको छ । अविरल वर्षासँगै सुनकोशीमा आएको बाढीले रामेछापबाट काठमाडौँबाट आवत जावत हुने महत्त्वपूर्ण दुई वटा पक्की पुल बगाएपछि रामेछापको राजधानी काठमाडौँसँग सम्बन्ध टुटेको थियो ।
आज बिहानैदेखि मन्थली–काठमाडौँ नियमित यातायात सुचारु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया