रामेछाप । बाढी पहिरोले बिपी राजमार्ग र महत्त्वपूर्ण दुई वटा मोटरेवल पुलमा क्षति पु¥याएपछि सडक सम्पर्क विच्छेदमा परेको रामेछापबाट वैकल्पिक रूपमा पुष्पलाल मार्ग मन्थली–चरिकोट–खाडिचौर–काठमाडौँ सडक खुलाइएको छ ।
दोलखाको किर्ने स्थित खिम्ती जलविद्युत आयोजना स्थलबाट बाइपास सडक खुलेसँगै दसैँमा घर जान र आउन नसक्ने अवस्थामा पुगेका रामेछापवासीका लागि ठुलो राहत भएको छ । यो सडक खुलेसँगै रामेछापबाट दोलखा र सिन्धुपाल्चोक हुँदै राजधानी काठमाडौँ आवात जावतमा केही सहज भएको छ ।
Advertisement
घर जाने आउने मुख्य बाटोको पुल बाढीले बगाएपछि यो वर्षको दसैँमा घर आउन नपाउने हो कि भन्ने चिन्तामा रहेका रामेछापका नागरिकलाई मन्थली–चरिकोट–काठमाडौँ सडक खुलेपछि ठुलो राहत मिलेको काठमाडौँबाट घर आएका सुनापति गाउँपालिका–४ का पेम्बा तामाङले बताउनुभयो । उहाँले भन्नुभयो“बाटो धेरै लामो भए पनि दसैँमा घर आउन पाइयो । यसमा खुसी लागेको छ । दोलखाको किर्ने बाहेक अन्य ठाउँमा बाटो राम्रो रहेछ । यात्रा सहज नै भयो ।”
पुष्पलाल मार्ग अन्तर्गत दोलखाको किर्नेटारमा तामाकोशीमा आएको बाढीले ४ सय मिटर सडक बगाएपछि अवरुद्ध सडकलाई बाइपास सडक बनाएर खुलाइएको हो । किर्नेटारमा रहेको खिम्ती जलविद्युत केन्द्रको आवास क्षेत्रबाट वैकल्पिक रूपमा सडक खुलाइएको छ । बिपी राजमार्ग मार्फत साढे ४ घण्टमा काठमाडौँ पुगिरहेका रामेछापवासीलाई रामेछापबाट दोलखा र सिन्धुपाल्चोक हुँदै राजधानी काठमाडौँ पुग्न ६ घण्टा भन्दा बढी समय लाग्ने भएको छ । बिपी राजमार्गको खुर्काेट–नेपालथोक–धुलिखेल–काठमाडौँ सडक मार्फत साढे ४ घण्टामा काठमाडौँ पुगिने भए पनि अहिलेको मन्थली– चरिकोट–सिन्धुपाल्चोक सडक मार्फत काठमाडौँ पुग्न ११ घण्टा समय लाग्ने चालक अञ्जीत लामाले बताउनुभयो ।
प्रतिक्रिया