खुर्काेट पुलमा चाडै बेलीब्रिज बनाइँदै, प्रदेश राजधानीबाट ४८.८ मिटर बेलीब्रिज ल्याइँदै

रामेछाप । असोज १२ गतेको अविरल वर्षासँगै आएको बाढीले बगाएको रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्काेट पुलमा बेलीब्रिज बनाउने कार्य चाडै सुरु हुने भएको छ । रामेछाप सदरमुकाम मन्थलीलाई राष्ट्रिय राजमार्ग बिपी राजमार्गसँग जोड्ने सेलेघाट–खुर्कोटको पुलमा नेपाली सेना मार्फत तत्काल बेलीब्रिज बनाउन सिफारिस भएको छ ।

सोही अनुसार खुर्काेट पुलमा छिटो भन्दा छिटो बेलीब्रिज जडान गर्न बागमती प्रदेशको राजधानी हेटौँडाबाट ४८.८ मिटरको बेलीब्रिज लोड भएको बताइएको छ ।
रामेछापबाट निर्वाचित सांसद ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले शुक्रवार बाढीले बगाएको खुर्काेट पुलमा आवश्यक बेलीब्रिज प्रदेश राजधानी हेटौँडाबाट लोड गराएर पठाउनुभएको नेपाली काँग्रेस रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्कीले बताउनुभयो ।
बाढीले खुर्काेट पुल बगाएपछि रामेछापवासी एक हजार ३०० रुपैयाँ सम्म गाडी भाडा तिरेर मन्थली–चरिकोट–खाडिचौर पुष्पलाल मार्गबाट राजधानी काठमाडौँ आवत जाउत गरिरहेका छन् । तराई क्षेत्रबाट जिल्लामा ल्याइने दैनिक उपभोग्य सामाग्रीहरूको पनि भाउ बढेको छ । बर्दिबास–खुर्काेट–सित्खा–मन्थलीको बाटो लम्बिएको र अप्ठेरो रहेका कारण खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्री प्रतिकिलो एक देखि दुई रुपैयाँसम्म भाउ बढेको मन्थलीका व्यवसायीहरूको भनाइ छ ।

Advertisement

असोज १२ गते दिउँसो सुनकोशीमा आएको अत्यधिक बाढीले सदरमुकाम मन्थलीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सेलेघाट–खुर्कोटको पुलको रामेछाप तर्फको आधा भाग र सोही अस्थानमा रहेको झोलुङ्गे पुल बगाएको छ । खुर्काेट पुल एसियाली विकास बैङ्कको अनुदानमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाको १७ करोड रुपैयाँ भन्दा बढी लगानीमा आर्थिक वर्ष २०७१÷०७२ मा निर्माण भएको थियो । यो पुल बनेपछि रामेछाप सदरमुकाम मन्थलीबाट काठमाडौँ जान ७५ किलोमिटर दूरी कम भएको थियो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

No popular posts found for the last 24 hours.


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च