रामेछाप । असोज १२ गतेको अविरल वर्षासँगै आएको बाढीले बगाएको रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्काेट पुलमा बेलीब्रिज बनाउने कार्य चाडै सुरु हुने भएको छ ।
रामेछाप सदरमुकाम मन्थलीलाई राष्ट्रिय राजमार्ग बिपी राजमार्गसँग जोड्ने सेलेघाट–खुर्कोटको पुलमा नेपाली सेनाले बेलीब्रिज बनाउने काम गर्ने छ । पुलमा बेलीब्रिज बनाउन बागमती प्रदेशको राजधानी हेटौँडाबाट शुक्रवार ४८.८ मिटरको बेलीब्रिज सामाग्री लोड भएको थियो । सो सामाग्री शनिवार बिहान सिन्धुली सदरमुकाम सिन्धुली माडीमा आइपुगेको छ ।
Advertisement
बाढीले खुर्काेट पुल बगाएपछि अहिले रामेछापवासी एक हजार ३०० रुपैयाँ सम्म गाडी भाडा तिरेर मन्थली–चरिकोट–खाडिचौर पुष्पलाल मार्गबाट राजधानी काठमाडौँ आवत जाउत गरिरहेका छन् ।
तराई क्षेत्रबाट जिल्लामा ल्याइने दैनिक उपभोग्य सामाग्रीहरूको पनि भाउ बढेको छ । बर्दिबास–खुर्काेट–सित्खा–मन्थलीको बाटो लम्बिएको र अप्ठेरो रहेका कारण खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्री प्रतिकिलो एक देखि दुई रुपैयाँसम्म भाउ बढेको मन्थलीका व्यवसायीहरूको भनाइ छ ।
Advertisement
खुर्काेट पुल एसियाली विकास बैङ्कको अनुदानमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाको १७ करोड रुपैयाँ भन्दा बढी लगानीमा आर्थिक वर्ष २०७१÷०७२ मा निर्माण भएको थियो । यो पुल बनेपछि रामेछाप सदरमुकाम मन्थलीबाट काठमाडौँ जान ७५ किलोमिटर दूरी कम भएको थियो ।
प्रतिक्रिया