मन्थली–सित्खा–तीमाल–भकुण्डेबेसी–काठमाडौँ सडक खुल्दै, मन्थली–काठमाडौँको दुरी छोटो हुने

रामेछाप । रामेछाप सदरमुकामबाट काठमाडौँ जाने अर्को छोटो वैकल्पिक मन्थली–सित्खा–तीमाल –भकुण्डेबेसी–काठमाडौँ सडक खुलाउने तयारी भइरहेको छ । जिल्ला सदरमुकाम मन्थलीबाट खाँडादेवी गाउँपालिकाको वडा नं ३ सित्खा बजार निस्केर मध्य पहाडी लोक मार्ग हुँदै काभ्रेको तिमाल गाउँपालिकाको तिमालडाँडा हुँदै भकुण्डेबेसी निस्कने सडक खोल्ने तयारी गरिएको हो ।

यो बाटो रामेछापको सित्खा बजारबाट लुभुघाट हुँदै मध्य पहाडी लोक मार्ग मार्फत रामेछापको सुनापति गाउँपालिका र काभ्रेको सिमानामा पर्ने सिन्धुरेटार पक्की पुल पार गरी तीमाल डाँडा हुँदै भकुण्डेबेसी निस्कने छ ।
यो सडक खुलेमा मन्थली–चरिकोट–खाडी चौर पुष्पलाल सडक मार्फत लामो दुरी पार गरी काठमाडौँ आउत जाउत गरिरहेका रामेछापवासीलाई ठुलो राहत पुग्नेछ । यो सडक खुलेपछि मन्थलीबाट काभ्रेको भकुण्डेबेसी निस्कन ७०÷७५ किलोमिटर सडक पार गर्नुपर्ने रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा सदस्य राजेश कार्कीले बताउनुभयो ।

Advertisement

यो सडक आइतबारबाट खुलाउने गरी काम भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “मन्थली–सित्खा–तीमाल –भकुण्डेबेसी–काठमाडौँ सडक खुलाउने काम भइरहेको छ । अहिले मध्य पहाडी लोक मार्गमा खसेको पहिरो पन्छाउने काम जारी छ । दुई ठाउँमा ठुलो पहिरो खसेकोमा अब एक ठाउँको मात्रै पहिरो पन्छाउन बाकी छ। भोलिबाट यो बाटो खुलाउने लागि परेका छौँ।”
उहाँका अनुसार यो बाटो खुलेपछि मन्थलीबाट सित्खा ३४ किलोमिटर, सित्खाबाट लुभुघाट ८ किलोमिटर, लुभुघाटबाट सिन्धुरेटार ५ किलोमिटर, सिन्धुरेटारबाट काभ्रेको तीमालडाँडा १२ किलो मिटर र तिमालडाँडाबाट भकुण्डेबेसी बजार १४ किलोमिटर गरी मन्थलीबाट ७३ किलोमिटर सडक पार गरेपछि काभ्रेको भकुण्डेबेसी बजार निस्कनेछ ।

रामेछापको मन्थलीलाई राष्ट्रिय राजमार्ग बिपी राजमार्गसँग जोड्ने खुर्काेटको पुल सुनकोशीले बगाएपछि अहिले रामेछापवासी ११ घण्टाको लामो काठमाडौँ–खाडी चौर–चरिकोट–मन्थली पुष्पलाल सडक मार्फत काठमाडौँ आवत जावत गरिरहेका छन् ।

Advertisement

 

 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च