अवरुद्ध भएको ८ घण्टापछि खुल्यो मन्थली–चरिकोट–काठमाडौँ सडक

रामेछाप । दोलखाको मालुखोला नजिकै पहिरो गएर अवरुद्ध भएको मन्थली–चरिकोट–काठमाडौँ पुष्पलाल लोकमार्ग ७ घण्टापछि खुलेको छ । यो सडकमा पहिरो गएपछि शनिवार बिहान ८ बजेदेखि अवरुद्ध भएको थियो ।

पहिरो खसेर बिहान ७ बजेपछि अवरुद्ध भएको सडक पहिरो गएको ठाउँ माथिबाट डोजर प्रयोग गरेर नयाँ सडक खनेपछि दिउँसो साढे ३ बजेबाट पुनः सुचारु भएको दोलखाको मेलुङ गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्य घिमिरेले जानकारी दिनुभयो । काठमाडौँबाट चरिकोट हुँदै रामेछापको मन्थली, ओखलढुङ्गा, सिन्धुली, खोटाङ, सोलुखुम्बु लगायत पूर्वको भोजपुरसम्म जाने वैकल्पिक सडक हो ।

Advertisement

बिपी राजमार्ग अवरुद्ध हुँदा बिपी मार्ग हुँदै पूर्व जाने साना यातायात साधनले यही मार्गलाई प्रयोग गर्दै आएका छन् । काठमाडौँबाट दोलालघाट, मुढे, चरिकोट हुँदै मन्थली निस्किएका सवारी साधन रामेछाप र सिन्धुलीको सिमानामा पर्ने सुनकोसी नदीको सित्खाबाट पुल तरेर बिपी मार्ग र मध्य पहाडी मार्ग हुँदै पूर्व जाने गरेका छन् ।

बिपी मार्ग बगाएपछि रामेछाप र ओखलढुङ्गाको लिखु क्षेत्रका सबै सवारी साधनहरूले यही मार्ग प्रयोग गर्दै आएका थिए । गत असोज १० गतेदेखि तीन दिनसम्मको भीषण वर्षाको कारण बिपी राजमार्ग क्षतविक्षत भएको छ । रामेछापलाई बिपी मार्गसँग जोड्ने खैरेनीघाट र खुर्कोटको पक्की पुल पनि बगाएको छ । चरिकोट–मन्थली सडकको पनि दोलखाको किर्नेटारमा तामाकोशी नदीले सडक कटान गरेको थियो । सो ठाउँमा खिम्ती जलविद्युत आयोजनको आवास क्षेत्रबाट अस्थायी रूपमा बाटो खोली सडक सञ्चालन गरिएको हो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

No popular posts found for the last 24 hours.


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च