किसानको दसैँ जोहो गर्ने थलो सोमबारे हाट

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा लाग्ने सोमबारे हाट किसान लागि दसैँ जोहो गर्ने थलो बनेको छ । विशेष गरी जिल्लाको मन्थली र रामेछाप नगरपालिकाको किसानले फलाएका कृषि उपजहरु विक्रि हुने प्रमुख थालो मन्थलीको सोमबारे हाट नै हो ।

यो वर्ष दसैँको बिचमा परेको सोमबारे हाटमा धेरै मात्रामा उत्पादन गर्ने किसानले मात्रै होइन थोरै उत्पादन गर्ने किसानले पनि कृषि उत्पादन बेचेर धेर थोर दसैँ मनाउने खर्चको जोहो गरेका छन् ।

Advertisement

यो वर्षको दसैँ सुरु भएको पाँचौँ दिनमा परेको सोमबारे हाट ठुलो परिमाणमा उत्पादन गर्ने किसानलाई भन्दा थोरै उत्पादन गर्ने किसानका लागि विशेष बनेको रामेछाप नगरपालिका–७ बाट आफ्नो कृषि उत्पादन बिक्रीका लागि आउनुभएकी शान्तामाया तामाङले बताउनुभयो । उहाँले भन्नुभयो “गत हप्ताको अविरल वर्षासँगैको बाढी पहिरोका कारण सो जस्तो त भएन । तर पनि व्यापार राम्रै भयो । धेर थोर दसैँ मनाउने खर्च जोहो भयो ।”
यो पटकको सोमबारे हाटमा जिल्लाका विभिन्न स्थानमा फलेका काँक्रा, फर्सी, खुर्सानी, स्कुस, अदुवा लगायतका तरकारी र गेडागुडी जस्ता उत्पादन बढी मात्रामा बिक्री भएको मन्थली नगरपालिका–६ भलुवाजोरकी सीता कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो “मन्थलीको सोमबारे हाटमा पछिल्लो समय अरू भन्दा तरकारी जन्य कुराहरू धेरै बिक्री हुन थालेको छ । नजिकै हुने किसानले त दुई चार किलो पनि बिक्री गर्न ल्याउने गरेका छन् । दसैँका बेला थोरै फलाउने किसानको पनि धेर थोर आम्दानी भयो ।”
जिल्लाको रामेछाप नगरपालिकामा पनि प्रत्येक हप्ताको बिहीबार हाट लग्ने गरेको छ । रामेछाप नगरपालिकाको बिहीबारे हाट विशेष गरी जिल्लाकै खसी बोका र दलहन जन्य उत्पादन पाइने हाटका रूपमा परिचित छ । यो हाटमा विशेष गरी खसी बोका र दलहन जन्य कृषि उत्पादन खरिदका लागि छिमेकी जिल्लाहरू र काठमाडौँबाट समेत व्यापारीहरू आउने गरेका छन् ।

Advertisement

 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च