रामेछाप । काठमाडौँबाट रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वर आउँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख ४८४३ नम्बरको बस बिहीबार दोलखाको भीमेश्वर नगरपालिका–८ बोचको चरङ्गेमा दुर्घटना भएको छ ।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । दुर्घटनामा परी रामेछापको उमाकुण्ड गाउँपालिका–६ का २३ वर्षीय वर्षीय लोकबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएको सोही ठाउँका धनबहादुर खड्का र जयन्ती श्रेष्ठलाई प्राथमिक उपचारपछि थप उपचाका लागि काठमाडौँ पठाइएको छ ।
सोही स्थानका अनिल श्रेष्ठ, विवेक खड्का र जानुका श्रेष्ठको च्छोरोल्पा अस्पताल चरिकोटमा उपचार भइरहेको छ ।
उमाकुण्ड गाउँपालिका–६ का सुनिता लामा र माधव खड्काको दोलखा सामुदायिक अस्पताल चरिकोटमा उपचार भइरहेको दोला प्रहरीले जनाएको छ ।
तीव्र गतिको कारण बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । यसै बिच बिहीबार नै काठमाडौँबाट दोलखाको शैलुङ आउँदै गरेको गरेको जिप दोलखाको शैलुङ गाउँपालिका–२ मा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । प्रदेश ०१–२७ च २७५१ नम्बरको जिप अनियन्त्रित भएर सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया