मौसम खुलेसँगै मन्थली–लुक्ला उडान सुरु, एक घण्टामा १० वटा भन्दा बढी उडान

रामेछाप । मौसम खुलेसँगै दुई दिनदेखि रोकिएको मन्थली–लुक्ला उडान पुनः सुरु भएको छ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सोमबारदेखि मन्थली–लुक्ला उडान ठप्प भएको थियो ।

मौसम खुलेपछि बुधवार बिहान ९ बजेदेखि मन्थली–लुक्ला उडान सुरु भएको नागरिक उड्डयन प्राधिकरण मन्थलीका उप–प्रबन्धक हिरण्य साहले बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो खुम्बु क्षेत्रको मौसम बिग्रिएका कारण सोमबार र मङ्गलवार मन्थली–लुक्ला उडान हुन सकेन । आज मौसम खुलेपछि बिहान ९ बजेदेखि नै उडान सुरु भएको छ । उडान सुरु भएको एक घण्टामै १० वटा भन्दा बढी उडान भइसकेका छन् ।”
मौसम खराबीका कारण सोमबार र मङ्गलवार एउटा पनि मन्थली–लुक्ला उडान हुन नसक्दा सोलुखुम्बुको सगरमाथा क्षेत्र भ्रमणका लागि सडक मार्ग मार्फत मन्थली आएका एक हजार भन्दा बढी पर्यटकहरू मन्थलीमा रोकिएका थिए ।

सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई रामेछापको मन्थली विमान स्थलबाट लुक्ला पु¥याउने र ल्याउने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थल मार्फतबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ ।

Advertisement

नागरिक उड्डयन प्राधिकरण मन्थलीका अनुसार मन्थली विमान स्थललाई प्रयोग गरी सीता, तारा र समिट एयरका जहाजहरूले सगरमाथा क्षेत्रको भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई लुक्ला पु¥याउने र ल्याउने गरिरहेका छन् । एउटा उडान मार्फत १४ देखि १८ जनासम्म पर्यटक मन्थली विमानस्थलबाट लुक्ला पुग्ने गरेका छन् । बिहानदेखि बेलुकासम्म मौसम खुलेको समयमा एक दिनमा ६० वटा सम्म मन्थली– लुक्ला उडान हुने गरेको छ ।

 

Advertisement

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च