चार दिनदेखि मन्थलीमा रोकिएका पर्यटकलाई हेलिकप्टर मार्फत सोलुखुम्बु लान थालियो

रामेछाप । चार दिनदेखि मन्थली–लुक्ला उडान हुन नसक्दा रामेछापको मन्थलीमा रोकिएका पर्यटकहरूलाई हेलिकप्टर मार्फत सोलुखुम्बुको फाप्लु र सुर्के लान थालिएको छ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सोमबारदेखि मन्थली–लुक्ला उडान रोकिएपछि एक हजार भन्दा बढी पर्यटक मन्थलीमै रोकिएका थिए ।

सोमबारदेखि रोकिएको मन्थली–लुक्ला उडान बिहीबार पनि नखुलेपछि मन्थली रोकिएको पर्यटकहरूलाई हेलिकप्टर मार्फत सोलुखुम्बुको फाप्लु र सुर्के लान थालिएको रामेछाप नागरिक उड्यन कार्यालय मन्थलीका उपप्रवन्धक हिरण साहले बताउनुभयो । उहाँले भन्नुभयो “गत सोमबारदेखि रोकिएको मन्थली–लुक्ला उडान हिजो बुधवार केही घण्टा सुचारु भएको थियो । खुम्बु क्षेत्रमा फेरी मौसम खराब भएपछि बुधवार मध्यान्हबाट रोकिएको उडान बिहीबार पनि हुन सकेन । अहिले बिहीबार बिहान साढे ११ बजेबाट बाट विभिन्न कम्पनीका पाँच वटा भन्दा बढी हेलिकप्टरले पर्यटकहरूलाई सोलुखुम्बुको फाप्लु र सुर्के लगिरहेका छन् ।” उहाँका अनुसार एउटा हेलिकप्टर मार्फत पाँच जना पर्यटक सोलुखुम्बु पुगिरहेका छन् भने सोही सङ्ख्यामा मन्थली फर्किरहेका छन् ।

Advertisement

सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई रामेछापको मन्थली विमान स्थलबाट लुक्ला पु¥याउने र ल्याउने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थल मार्फतबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ । एउटा उडान मार्फत १४ देखि १८ जनासम्म पर्यटक मन्थली विमानस्थलबाट लुक्ला पुग्ने गरेका छन् । बिहानदेखि बेलुकासम्म मौसम खुलेको समयमा एक दिनमा ६० वटा सम्म मन्थली– लुक्ला उडान हुने गरेको छ ।

 

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च