पाँचौ दिन पनि मन्थली–लुक्ला उडान अवरुद्ध, रामेछापको मौसम सुधारउन्मुख

रामेछाप । आज पाँचौँ दिन पनि मन्थली–लुक्ला उडान हुन सकेको छैन । गत सोमबारदेखि मन्थलीमा रोकिएका धेरै पर्यटकहरू अझै मौसम खुल्ने र लुक्ला उडान हुने प्रतीक्षामा छन् । तर आज झन् रामेछापको मन्थली विमान स्थलकै मौसम खराब भएपछि लुक्ला उडान हुने आशामा रहेको पर्यटकहरू थप निराश भएका छन् ।

आज बिहानदेखि बिग्रिएको रामेछापको मौसम अहिले सुधार उन्मुख रहे पनि खुम्बु क्षेत्रमा मौसम खराब नै रहेको रामेछाप नागरिक उड्डयन कार्यालय मन्थलीका उपप्रवन्धक हिरण साहले बताउनुभयो । उहाँले भन्नुभयो“सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा विगत पाँच दिनदेखि मन्थली–लुक्ला उडान हुन सकेको छैन । आज बिहानैदेखि रामेछापको मौसम पनि बिग्रिएको छ । अहिले रामेछापको मौसम सुधारउन्मुख रहेपनि खुम्बु क्षेत्रको मौसम खराब नै छ ।”
गत सोमबारदेखि मौसम खराबीले मन्थली–लुक्ला उडान हुन नसक्दा एक हजार भन्दा बढी पर्यटक रामेछाप सदरमुकाम मन्थलीमै रोकिएका थिए । मन्थलीमा रोकिएका मध्ये हिजो बिहीबार १३५ जना पर्यटक हेलिकोप्टर मार्फत सोलुखुम्बुको फाप्लु र सुर्के पु¥याइएको थियो । रामेछाप नागरिक उड्डयन कार्यालय मन्थलीका अनुसार बिहीबार विभिन्न पाँच वटा भन्दा बढी कम्पनीका हेलिकोप्टरहरूले २७ वटा उडान गरी १३५ जना पर्यटकहरूलाई सोलुखुम्बुको फाप्लु र सुर्के पु¥याएका हुन् ।

Advertisement

सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई रामेछापको मन्थली विमान स्थलबाट लुक्ला पु¥याउने र ल्याउने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थल मार्फतबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च