मन्थलीमा रोकिएका ५७० जना भन्दा बढी पर्यटक सोलुखुम्बु पुगे

रामेछाप । पाँच दिनदेखि मन्थली–लुक्ला उडान हुन नसक्दा रामेछापको मन्थलीमा रोकिएका ५७० जना भन्दा बढी पर्यटक सोलुखुम्बु पुगेका छन् । गत सोमबारदेखि सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा उडान रोकिएपछि बिहीबार मध्यान्ह देखि हेलिकोप्टर मार्फत सोलुखुम्बुको फाप्लु र सुर्के लैजान थालिएको थियो ।

बिहीबार १३५ जना र शुक्रवार २०० भन्दा बढी पर्यटक हेलिकोप्टर मार्फत सोलुखुम्बुको फाप्लु र सुर्के पुगेका रामेछाप नागरिक उड्डयन कार्यालय मन्थलीले जनाएको छ । वुधवार मौसमय खुलेको दुई घण्टाको समयमा १७ वटा मन्थली–लुक्ला उडान मार्फत २३८ जना पर्यटक लुक्ला पुगेका थिए ।
शुक्रवार बिहान १० बजेपछि सुरु भएको हेलिकोप्टर मार्फत २०० जना भन्दा बढी पर्यटक सोलुखुम्बुको फाप्लु र सुर्के पुगेका रामेछाप नागरिक उड्डयन कार्यालय मन्थलीका उपप्रवन्धक हिरण साहले बताउनुभयो । उहाँले भन्नुभयो“शुक्रवार ४० वटा भन्दा बढी हेलिकोप्टर उडान भएका छन् । जस मार्फत २०० जना भन्दा बढी पर्यटक फाप्लु र सुर्के पुगेका छन् । बिहीबार १३५ जना फाप्लु र सुर्के र बुधवार १३८ जना पर्यटक लुक्ला पेगेका छन् ।”
मन्थली–लुक्ला उडान हुन नसक्दा मन्थलीमा रोकिएका पर्यटकमध्ये बिहीबार १३५ जनालाई हेलिकोप्टरबाट सोलुखुम्बुको फाप्लु र सुर्के लगिएको थियो । रामेछाप नागरिक उड्डयन कार्यालयका अनुसार बिहीबार विभिन्न कम्पनीका पाँच वटा भन्दा बढी हेलिकोप्टरहरूले २७ वटा उडान मार्फत १३५ जना पर्यटकहरूलाई सोलुखुम्बुको फाप्लु र सुर्के पु¥याएका थिए । यसअघि बुधवार पनि मौसम खुलेपछि दुई घण्टामा १७ वटा उडान हुँदा २४० जना पर्यटक लुक्ला पुगेका थिए । बुधवार दुई घण्टा पनि उडान हुन नपाउँदै फेरी मौसम खराब भएपछि उडान रोकिएको थियो ।
अझै धेरै पर्यटकहरू मोसम खुलेपछि सगरमाथा क्षेत्र भ्रमणमा जाने प्रतीक्षामा मन्थलीमा बसेको छन् । भ्रमण समय छोटो भएका धेरै पर्यटकहरू हवाई तथा सडक मार्ग मार्फत काठमाडौँ फर्किसकेका छन् ।
सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई रामेछापको मन्थली विमान स्थलबाट लुक्ला पु¥याउने र ल्याउने व्यवस्था गरेको छ । सोही अनुसार नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोजदेखि मङ्सिर १५ सम्म मन्थली विमान स्थलबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

No popular posts found for the last 24 hours.


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च