सरकारले रामेछापका सबै पालिकालाई विपद् प्रभावित राहत दिने, सबै पालिका सामान्य प्रभावित वर्गमा

रामेछाप । सरकारले विपद् प्रभावित पालिकाहरूलाई क्षतिका आधारमा तीन वर्गमा वर्गीकरण गरी राहत उपलब्ध गराउने निर्णय गरेको छ । सरकारले पछिल्लो बाढी पहिरो र डुबानबाट अति प्रभावित पालिकालाई एक करोड, मध्यम प्रभावित पालिकालाई ७५ लाख र सामान्य प्रभावित पालिकालाई ५० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमार्फत उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारले रामेछापका सबै पालिकाहरूलाई सामान्य प्रभावित पालिकाहरूमा वर्गीकरण गरेको छ । अब रामेछापमा रहेका दुई नगरपालिका र ६ वटा गाउँपालिकालाई सरकारले प्रति पालिका ५० लाख रुपैयाँका दरले विपद् व्यवस्थापन कोषमार्फत उपलब्ध गराउने छ । रामेछापको मन्थली र रामेछाप नगरपालिका, दोरम्बा शैलुङ, खाँडादेवी, गोकुलगङ्गा, उमाकुण्ड, लिखु तामाकोशी, सुनापति गाउँपालिकालाई सामान्य प्रभावित पालिका वर्गमा राखेर प्रति पालिका ५० लाख रुपैयाँका दरले राहत रकम दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च