रामेछाप र सिन्धुली जोड्ने खुर्कोट पुलको बेलिब्रिज जडानको काम सकियो

रामेछाप । रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोट पुलको निर्माण गरिरहेको नेपाली सेनाले बेलिब्रिज जडानको काम सकेको छ । शनिवार सेनाले पुलमा बेलिब्रिज जडानको काम सकेको हो । अहिले सेनाले सिन्धुली पटीको पुल र हालै जडान गरिएको बेलिब्रिजको बिचमा फलामको सल्याप हाल्ने काम गरिरहेको छ ।

त्यसै गरी पुलको रामेछाप तर्फको जिपलाईन माथि सडकसँगको लेभल मिल्ने गरी ढलान गर्ने काम बाकी छ ।
यो ढलानको काम सडक विभागले चाडै गरेको खण्डमा पुलको भार क्षमता परीक्षण लगायतका काम गरी अबको एक हप्ताभित्रै खुर्कोट पुल सञ्चालनमा ल्याउने गरी काम भइरहेको नेपाली सेनाले जनाएको छ । यही असोज १२ गते परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बढीले खुर्कोटको झोलुङ्गे पुल पुरै र पक्की पुल आधा (रामेछाप तर्फको) भाग बगाएको थियो ।

Advertisement

जसका कारण रामेछाप जिल्लालाई छोटो दुरीमा राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्गसँगको सञ्जाल टुटेको थियो । पुल बगाएपछि रामेछाप र दोलखाको सिन्धुली र तराईका विभिन्न जिल्लासम्मको छोटो दूरीको सडक मार्गको सञ्जाल पनि टुटेको थियो ।
खुर्कोट पुल बगाएपछि बिपी राजमार्ग मार्फत ४ घण्टमा काठमाडौँ पुगिरहेका रामेछापवासी पुष्पलाल लोक मार्ग मन्थली– चरिकोट–सिन्धुपाल्चोक सडकबाट काठमाडौँ पुग्न ६ घण्टा भन्दा बढी समयको अप्ठेरो बाटोबाट यात्रा गर्न बाध्य छन् ।

खुर्काेट पुल एसियाली विकास बैङ्कको अनुदानमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाको १७ करोड रुपैयाँ भन्दा बढी लगानीमा आर्थिक वर्ष २०७१÷०७२ मा निर्माण भएको थियो । यो पुल बनेपछि रामेछाप सदरमुकाम मन्थलीबाट काठमाडौँ ७५ किलोमिटर दूरी कम भएको थियो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

No popular posts found for the last 24 hours.


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च