एक हप्तासम्म रोकिएको मन्थली–लुक्ला उडान सुरु, आज झन्डै ५०० पर्यटक मन्थलीबाट सोलुखुम्बु पुगे

रामेछाप । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा रोकिएको मन्थली–लुक्ला उडान एक हप्तापछि सुरु भएको छ । गत सोमबारदेखि रोकिएको मन्थली–लुक्ला उडान मौसम सुधार भएसँगै आइतबारबाट मन्थली–लुक्ला उडान हुन थालेको हो ।

खुम्बु क्षेत्रमा मौसम खराब भएर गत सोमबारदेखि रोकिएको मन्थली–लुक्ला उडान आइतबार बिहान ११ बजेबाट सुचारु भएको रामेछाप नागरिक उड्डयन कार्यालय मन्थलीका उपप्रवन्धक हिरोण शाहले बताउनुभयो । उहाँले भन्नुभयो “गत सोमबारदेखि रोकिएको मन्थली–लुक्ला उडान आइतबारबाट सुरु भएको छ । आइतबार १६ वटा भन्दा बढी प्लेन र ४८ वटा हेलिकोप्टर उडान भएका छन् । सो उडान मार्फत झन्डै ५०० जनाले पर्यटकले सेवा लिएका छन् । केही पर्यटक सोलुखुम्बुको फाप्लु र सुर्के पुगेका छन् ।”

Advertisement

गत सोमबारदेखि मौसम खराबीले मन्थली–लुक्ला उडान हुन नसक्दा एक हजार भन्दा बढी पर्यटक रामेछाप सदरमुकाम मन्थलीमै रोकिएका थिए । मन्थलीमा रोकिएका मध्ये ४०० भन्दा बढी पर्यटकलाई बिहीबार, शुक्रवार र शनिवार तीन दिन हेलिकोप्टरबाट सोलुखुम्बुको फाप्लु र सुर्के लगिएको थियो । मन्थलीमा रोकिएका पर्यटकहरूलाई आधा दर्जन बढी निजी कम्पनीका हेलिकोप्टरले बोकेका थिए । रामेछाप नागरिक उड्डयन कार्यालयका अनुसार मन्थली विमान स्थलमा अझै ५०० भन्दा बढी पर्यटकहरू लुक्ला जाने पालो कुरेर बसेका छन् ।

सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई रामेछापको मन्थली विमान स्थलबाट लुक्ला पु¥याउने र ल्याउने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थल मार्फतबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ । तर यो पटकको सिजन सुरु हुन साथ पटक पटक मौसम बिग्रिदा छोटो समय लिएर सगरमाथा क्षेत्र भ्रमणका लागि आएका धेरै पर्यटकहरू मन्थलीबाटै फर्किएका छन् ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

No popular posts found for the last 24 hours.


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च