रामेछापको सैपुमा ‘नमुनादीप कप’ भलिबल प्रतियोगिता हुँदै

रामेछाप । रामेछापको सैपुमा ‘नमुनादीप कप’ भलिबल प्रतियोगिता हुने भएको छ। नमुनादीप युवा क्लबले आगामी कार्तिक ११,१२ र १३ गते पालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष राजन बस्नेतले जानकारी दिए। लिखु तामाकोशी गाउँपालिका–२ सैपुस्थित अरुणोदय माविको प्रांगणमा हुने प्रतियोगिताका लागि सहभागी टोलीको दर्ता प्रक्रिया जारी रहेको बस्नेतले जानकारी दिए। प्रतियोगितामा हालसम्म रामेछाप, सिन्धुली, दोलखा र ओखलढुंगाका स्थानीय तहबाट सहभागी हुने जानकारी प्राप्त भएको क्लबले जनाएको छ। टिम दर्ता कार्तिक १० गतेसम्म गर्न सकिने छ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १ लाख १ हजार ५ सय, उपविजेता टोलीले ७५ हजार ५ सय र तेस्रो हुने टोलीले ५० हजार ५ सय प्राप्त गर्नेछन्। क्लबले प्रतियोगिताका लागि २० लाख खर्च हुने आँकलन गरेको छ। प्रतियोगिता सम्पन्न गर्नको लागि क्लबले जिल्लाका विभिन्न क्षेत्रका व्यवसायी र शुभेच्छुकबाट सहयोग जुटाइरहेको छ ।

Advertisement

खेलमा पालिकाभित्रका खेलाडी समावेश गरेर स्थानीय तह, संघ÷संस्था, क्लबले टिम दर्ता गराउन सक्ने उपाध्यक्ष सुजन पौडेलले जानकारी दिए। ‘हामीले स्थानीय खेलाडीको प्रोत्साहनका लागि नियमित रूपमा प्रतियोगिता आयोजना गर्दै आइरहेका छौं।’ पौडेलले भने, ‘खेलमा पालिकाभित्रका खेलाडीमात्र समावेश गर्न पाइने छ। तर, पालिकाभित्रका खेलाडी समावेश गरेर क्लब÷संस्थाले पनि टीम दर्ता गर्न सक्नेछन्।’ क्लबले २०६५ साल यता नियमित रूपमा आयोजना गर्दै आइरहेको नमुनादीप कपको यो दशौं संस्करण हो ।

क्लबले भलिबल प्रतियोगिताको साथमा डोरी तान (टग अफ वार) प्रतियोगिता, निःशुल्क स्वास्थ्य शिविर, बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने छ। टग अफ वारमा ६ सय केजी समूहसम्मका ९÷९ जना खेलाडी रहनेछन्। विजेताले २० हजार नगद र उपविजेता टोलीले १० हजार नगद पुरस्कार पाउने छन्। यसैगरी कार्तिक १२ गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने क्लबले जानकारी दिएको छ। ‘लिखु क्षेत्रमा खेल पर्यटन, स्थानीय कला, संस्कृति संरक्षण, कलाकार तथा खेलाडीको प्रतिभाको प्रस्फुटन तथा प्रोत्साहन गर्ने र स्वास्थ्य शिविरमार्फत निशुल्क उपचार हुने भएकाले कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं’ क्लबद्वारा जारी सूचनामा भनिएको छ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च