उमाकुण्ड गाउँपालिकाको कैलेश्वर माविमा दसैँ तिहार बिदामा पनि नियमित कक्षा सञ्चालन

रामेछाप । रामेछाप जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरू दसैँ बिदाबाट खुलेका छैनन् । अधिकांश सामुदायिक विद्यालयहरू दसैँ बिदाबाट तिहार पछिको बिदापछि मात्रै खुल्ने गरेका छन् । जिल्लाका केही सामुदायिक विद्यालयहरूले दसैँ र तिहारको बिदा लामो हुने भएकाले विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा क्रियाशील राख्न विद्यार्थी र अभिभावकलाई भेट्न शिक्षकहरू विद्यार्थीको घरमै भेटघाट अभियान सञ्चालन गरिरहेका छन् ।

जिल्लाको उमाकुण्ड गाउँपालिकामा रहेका अन्य विद्यालयहरू दसैँ तिहार बिदा रहे पनि वडा नं ६ मा रहेको कैलेश्वर माविले भने नियमित कक्षा सञ्चालन गरिरहेको छ । विद्यार्थीहरू लामो बिदामा बस्दा पढाइ कमजोर हुने भएकाले दसैँ तिहारको बिचमा पनि कक्षा सञ्चालन गरेको कैलेश्वर माविका प्रधानाध्यापक प्रदीप सुनुवारले बताउनुभयो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

One thought on “उमाकुण्ड गाउँपालिकाको कैलेश्वर माविमा दसैँ तिहार बिदामा पनि नियमित कक्षा सञ्चालन

  1. जति समय बिधालय संचालित गरेता पनि शिक्षामा बिद्यार्थीले कति ज्ञान् प्राप्त हासिल गरेको छ र कति शिक्षा लिएको छ भन्ने कुरा जरुरत हुन्छ होला र कम्जोर बिद्यार्थी को निम्ति कसरी उनीहरुको लागि शिक्षामा फोकस गरेर शिक्षा हासिल गराउने प्रत्येक शिक्षकको भुमिका जरुरत हुन्छ जस्तो लाग्छ नत्र उहीँ हो जान्ने जो छ त्यस्लाई मात्र प्राथमिकताले काम चन्दैन कम्जोर बिद्यार्थी लाई प्रोत्साहन गरि आफ्नो विषयका शिक्षकले जोड दिनु होला अबस्य नतिजा राम्रो हुने छ। जति पनि शिक्षक अहोदामा रहनु हुने माननीयहरुको लागि यो मेरो सन्देश छ ।

    धन्यवाद ।।।🙏🙏🙏

    यो नाजायज कुरा हो जस्तो लाग्छ बिधालय खुल्दैमा त्यहाँ को शिक्षा उन्नति हुन्छ जस्तो मलाई लाग्दैन त्यहाँका शिक्षकको भूमिकामा र बिद्यार्थीको किर्याकलापमा फरक पर्छ । धन्यवाद ।। बिद्यार्थीले पाउनुपर्ने अधिकार माथी उलङ्गन गर्न पाउदैन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च