रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा स्तरमा कानुनी सचेतनामूलक कार्यक्रम

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले वडा स्तरमा कानुनी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने अभियान सुरु गरेको छ । उमाकुण्ड गाउँपालिकाको न्यायिक समितिले वडा स्तरका सरोकारवालाहरूसँग कानुनी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम अभियान सुरु गरेको हो ।

यो अभियान अन्तरगत बिहीबार वडा नं ५ प्रीतिमा कानुनी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रारम्भ गर्दै उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक सावित्री सुनुवारले यो कार्यक्रम नयाँ नभएर पहिलाकै कार्यक्रमको निरन्तरता भएको बताउनुभयो ।

Advertisement

उमाकुण्ड गाउँपालिका–५ प्रीतिका ५३ जना सहभागी कार्यक्रममा अधिवक्ता सुदर्शन रायले पालिका स्तरमा रहेको न्यायिक समितिको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराउँदै न्यायिक समितिले हेर्ने विवादहरूका बारेमा जानकारी गराउनुभएको थियो ।
उमाकुण्ड गाउँपालिकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक सावित्री सुनुवारको अध्यक्षतामा भएको कार्यक्रममा उमाकुण्ड गाउँपालिका–५ का वडा अध्यक्ष कुलबहादुर बस्नेत, वडा सदस्यहरु , वडामा कार्यरत कर्मचारीहरू, प्रत्येक टोल विकास समितिका संयोजक, आमा समूह , बाल क्लबका पदाधिकारी लगायतको सहभागिता जनाएका उमाकुण्डबाट मणिराज सुनुवारले जानकारी दिनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च