बाढीले रामेछापका ७ वटा झोलुङ्गे पुलमा क्षति, -याफ्टिङबाट कोशी वारपार गर्दै स्थानीय

रामेछाप । गत असोज १०, ११ र १२ गतेको अविरल वर्षापछिको बाढी पहिरोले रामेछापका विभिन्न स्थानमा बनेका ७ वटा झोलुङ्गे पुल क्षति गरेको छ । तीन दिन परेको अविरल वर्षापछि मुख्य गरी सुनकोशीमा आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने ७ वटा झोलुङ्गे पुल पूर्ण रुपमा क्षति गरेको हो ।

बाढीले सुनकोशीमा रहेका रामेछाप र सिन्धुली जोड्ने खुर्काेट, सित्खा, बेल घारी, हर्विनीघाट, बिर्ता, चुकिया घाट र मन्सुली घाटमा रहेका झोलुङ्गे पुल पूर्ण रूपमा क्षति गरेको जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले जनाएको छ । सुनकोशी वारपार गर्ने झोलुङ्गे पुल पूर्ण रूपमा क्षति भएपछि स्थानीय समस्यामा परेका छन् ।
पुल क्षति भएपछि -याफ्टिङ सेवा
असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि सुनकोशीमा आएको बाढीले विभिन्न ठाउँमा रहेका झोलुङ्गे पुल बगाएपछि समस्यामा रहेका स्थानीयलाई तत्कालका लागि खाँडादेवी गाउँपालिकाले -याफ्टिङको व्यवस्था गरेको छ । खाँडादेवी गाउँपालिका–१ राकाथुम स्थित दुई वटा झोलुङ्गे पुलमा सुनकोशीको बाढीले क्षति गरेको वडा अध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो । झोलुङ्गे पुल बाढीले बगाएपछि अहिले त्यहाँका स्थानीयलाई तत्कालका लागि -याफ्टिङ मार्फत कोशी वारपार गर्ने व्यवस्था गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Advertisement

बाढीले झोलुङ्गे पुल बगाएपछि शिक्षा, स्वास्थ्य उपचार लगायत स्थानीयको समस्यालाई ध्यानमा राखेर स्थानीयको माग अनुसार अस्थायी रूपमा -याफ्टिङ सेवा सुचारु गरिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो“सुनकोशीमा आएको बाढीले झोलुङ्गे र पक्की पुल बगाएपछि गाउँपालिकाका विभिन्न स्थानका नागरिक समस्या छन् । गाउँपालिकाको गोथपे, पुछिघाट, लुबु, डप्खा लगायतका ठाउँका माझी समुदायले कोशी वारपार गर्ने -याफ्टिङ बोर्ड माग गरेका थिए ।

सोही अनुसार गाउँपालिकाले कोथपे र लुवुघाटका माझी समुदायलाई कोसी वारपार गर्ने सुविधाका लागि -याफ्टिङ बोर्ड उपलब्ध गराएका छौँ । तालिम प्राप्त -याफ्टिङ चालककै अनुमित लिएका चालकबाट लाइफ ज्याकेट प्रयोग गरी स्थानीयलाई आवतजावत सेवा दिने व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । यो -याफ्टिङ सेवाले स्थानीयहरूलाई स्वास्थ्य उपचार सेवा लिन तथा कृषि कर्मका लागि कोशी वारपार गर्न केही भए पनि सहज भएको गाउँपालिका अध्यक्ष श्रेष्ठको भनाइ छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च