विपद् व्यवस्थापन समिति बैठकमा खाँडादेवी गाउँपालिका अध्यक्षको गुनासो, क्षति बारे अन्यायपूर्ण सिफारिस गरियो

रामेछाप । जिला विपद् व्यवस्थापन समिति रामेछापको सोमबारको बैठकमा बाढीले पुर्‍याएको क्षतिबारे जिल्ला विपद् व्यवस्थापन समितिले केन्द्रमा गरेको सिफारिसबारे विभिन्न पालिका प्रमुखहरूले असन्तुष्टि जनाएका छन् । खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगैको बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जिल्ला विपद् व्यवस्थापन समितिले पक्षपातपूर्ण रूपमा सिफारिस गरेका कारण धेरै क्षति भएका पालिकाहरू पनि सामान्य प्रभावितमा परेको भन्दै असन्तुष्टि जनाउनुभयो ।

बैठकमा उहाँले भन्नुभयो“बाढी पहिरोले गरेको क्षति बारे जिल्ला विपद् व्यवस्थापन समितिले पक्षपातपूर्ण तरिकाले सिफारिस गर्‍यो। जसका कारण अति प्रभावितमा पर्नुपर्ने खाँडादेवी गाउँपालिका पनि अन्य पालिका जस्तै सामान्य प्रभावितमा पर्‍यो । हाम्रो भन्दा कम क्षति भएको सुनकोशी पारी सिन्धुलीका पालिका चाहिँ मध्यम प्रभावितमा पर्ने । त्यो भन्दा बढी क्षति भएको खाँडादेवी चाहिँ सामान्य प्रभावितमा पर्ने । यो अन्याय भयो । यसलाई जुन सुकै हालतमा सच्याउनुपर्छ ।”

Advertisement

रामेछाप नगरपालिका प्रमुख लव श्री न्यौपानेले पनि बढी क्षति भएका र कम क्षति भएका सबै पालिकालाई सामान्य प्रभावित पालिकामा राख्नु राम्रो नभएको बताउनुभयो । उहाँले भन्नुभयो“असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगैको बाढी पहिरोले सबै भन्दा बढी खाँडादेवी गाउँपालिका र दोस्रोमा रामेछाप नगरपालिकामा क्षति गरेको छ । तर सरकारले सबैलाई एउटै सामान्य प्रभावित पालिकामै राखेको । यो अलि न्यायपूर्ण चाहिँ नभएकै हो ।”

सरकारले पछिल्लो बाढी पहिरो र डुबानबाट अति प्रभावित पालिकालाई एक करोड, मध्यम प्रभावित पालिकालाई ७५ लाख र सामान्य प्रभावित पालिकालाई ५० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमार्फत उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारले रामेछापका सबै पालिकाहरूलाई सामान्य प्रभावित पालिकाहरूमा राखेर रकम समेत पठाइसकेको छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च