बाढी पहिरो प्रभावित पालिकालाई प्राप्त रकम स्थानीय विपद् व्यवस्थापन कोषमा निकासा हुने

रामेछाप । सरकारले गत असोज १० देखि १२ गतेसम्मको बाढी पहिरो र डुबानबाट प्रभावित रामेछापका सबै पालिकाहरूलाई क्षति पु¥याएका स्थानका वस्तु, सेवा तथा संरचनाको मर्मत सम्भार तथा व्यवस्थापनका लागि रकम पठाएको छ ।

सरकारले रामेछाप जिल्लाका आठ वटै पालिकाहरूलाई सामान्य बाढी पहिरो प्रभावित पालिकाहरूमा राखेको छ । सोही अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा प्रति पालिका ५० लाख रुपैयाँका दरले रकम प्राप्त भएको सोमबार बसेको जिल्ला व्यवस्थापन समिति रामेछापको बैठकमा जानकारी गराइएको हो ।
बैठकले अविरल वर्षाले क्षति पु¥याएका स्थानका वस्तु, सेवा तथा संरचनाहरुको मर्मत सम्भार तथा व्यवस्थापनका लागि प्राप्त भएको रकम जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट जिल्ला प्रशासनले सम्बन्धित स्थानीय तहको स्थानीय विपद् व्यवस्थापन कोषमा निकासा गर्ने निर्णय गरेको छ ।

Advertisement

रामेछापका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति संयोजक राजु प्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले तोकिएका मापदण्ड अनुसार खर्च हुने गरी रकम निकासा गर्ने सहितका १० वटा निर्णयहरू गरेको छ । बैठकले स्थानीय तहहरूलाई प्राप्त भएको रकम हालैको मनसुनजन्य विपद्बाट क्षति भएका स्थानका वस्तु, सेवा र संस्थानहरूको मर्मत सम्भार व्यवस्थापनका लागि तोकिएका कार्यक्षेत्रमा प्रचलित ऐन, नियमको प्रक्रिया पूरा गरी कार्यान्वयन गर्ने र सो कार्यक्रमको कार्यान्वयनको अवस्था बारे जिल्ला समन्वय समिति रामेछापले अनुगमन गर्ने लगायतका निर्णयहरु गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय रामेछापबाट निकासा भएको रकमबाट तोकिएको कार्य क्षेत्र र स्थानहरूमा मितव्ययी, पारदर्शी, छिटोछरितो रूपमा स्पष्ट नतिजा निकाल्ने गरी प्रभावकारी रूपमा सम्बन्धित स्थानीय तहहरूले कार्यान्वयन गर्नुपर्ने छ । कार्यक्रम कार्यान्वयन सम्बन्धमा सम्बन्धित स्थानीय तहले जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको रोहवरमा सार्वजनिक सुनुवाइ गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

No popular posts found for the last 24 hours.


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च