संरक्षणको पर्खाइमा डुकुरसिं महादेव, स्थानीय सरकारले चासो नदिएको गुनासो

रामेछाप । रामेछापको रामेछाप नगरपालिका र मन्थली नगरपालिकाको सिमानामा पर्ने डुकुरसिं महादेव संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । जिल्लाकै धार्मिक, ऐतिहासिक र पर्यटकीय तीर्थस्थल डुकुरसिं महादेव थानको संरक्षण तथा आवश्यक प्रचारप्रसारमा स्थानीय सरकारलगायत सरोकारवाला निकायको ध्यान नजाँदा जीर्ण बन्दै गएको छ ।

धार्मिक, ऐतिहासिक र पर्यटकीय तीर्थस्थल डुकुरसिं महादेव थान जङ्गलभित्र छ । जहाँ गाईको खुरको आकारमा महादेवको शिला छ । स्थानीयका अनुसार अङ्ग्रेजबाट नेपालीमाथिको आक्रमण रोक्न सिन्धुलीगढीमा नेपाली फौजको लडाइँ चल्दा नजिकै रहेको तिल्के स्थान गढीमा सेनाको एउटा टुकडी ब्याक फोर्सका रूपमा बसेको र अर्को टुकडी रामेछापकै चिसापानी गढीमा ब्याक फोर्सका रूपमा बसेको थियो भन्ने ऐतिहासिक तथ्य रहेको छ ।
सेनाको टोली त्यहाँ बस्दा डुकुरसिं महादेवको आराधना गरी शक्ति प्राप्त गरेको भन्ने विश्वासले पनि यो महादेवस्थानलाई शक्तिका महादेव मानेर टाढा टाढाबाट भक्तजन आउने गरेका छन् ।

Advertisement

यहाँ २१ फिट अग्लो नाचिरहेको गणेशको मूर्ति रहेकाले पनि यहाँ पछिल्लो समय घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा केही वृद्धि भएको रामेछाप नगरपालिका–८ का हरिकुमार कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ पछिल्लो समय घुम्न आउने आन्तरिक पर्यटक केही बढेका छन् । यसको संरक्षण, व्यवस्थापन र प्रचारमा स्थानीय सरकारको अझै ध्यान जान सके यो जिल्लाकै उपयुक्त भ्रमणस्थल बन्न सक्छ ।”स्थानीयका अनुसार लामो समयसम्म पानी नपर्दा स्थानीय मिलेर सो महादेवस्थानमा रुद्री लगाउँदा त्यही दिन पानी पर्छ भन्ने विश्वास छ ।
महादेवस्थानमा रुद्री लगाएको दिन सानो ठुलो पानी पर्ने गरेकाले यो महादेवस्थानप्रति अगाध विश्वास स्थानीयको रहेको छ ।

यसको संरक्षण, व्यवस्थापन र प्रचारमा स्थानीय सरकारको ध्यान जान सके यो जिल्लाकै राम्रो पर्यटकीय गन्तव्य बन्न सक्थ्यो तर यसबारे मन्थली र रामेछाप नगरपालिकाकै खासै चासो जान नसकेको स्थानीयको भनाइ छ । मन्थली नगरपालिका र रामेछाप नगरपालिकाबिचको साझेदारी कार्यक्रम अन्तर्गत यो क्षत्रमा पर्यटकीय विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने विषयमा दुई नगरपालिकाबिच छलफल भएको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले बताउनुभयो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च