रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका वीरबहादुर शाहीको बारीका पाटाहरू रहर लाग्दा ड्रागन फ्रुटले ढाकिएका छन् । अति सुख्खा ग्रस्त क्षेत्र मानिने मन्थली नगरपालिका–५ सुनारपानीका शाहीको बारीका पाटाहरू लगाइएको ड्रागन फ्रुट सबैको मन लोभ्याउँछ । लामो समयदेखि काठमाडौँमा नर्सरी व्यवसाय गर्दै आउनुभएका साही अहिले गाउँ फर्केर कृषि कर्ममा लाग्नुभएको छ । २०५३ सालदेखि काठमाडौँमा नर्सरी व्यवसाय गर्दै आउनुभएका शाहीलाई गाउँमै केही गर्ने सोच पलायो ।
सोही सोच अनुसार विगत २ वर्षदेखि गाउँमै कृषि कर्ममा क्रियाशील रहेको शाही बताउनुहुन्छ । उहाँले भन्नुभयो “२०५३ सालदेखि काठमाडौँमा नर्सरी व्यवसाय गरियो । अहिले पनि काठमाडौँमा नर्सरी व्यवसाय छ । आफ्नो गाउँमा पनि भएको सिप प्रयोग गरी कृषि कर्ममा लागियो । गाउँमा पनि सोचिए भन्दा धेरै राम्रो भइरहेको छ ।”
शाहीले भदौरे कालिका कृषि फर्म दर्ता गरी बाझो बसेका बारीमा काम गरिरहनु भएको छ । साहीको बारीमा अहिले ८ सय भन्दा बढी ड्रागन फ्रुटको बोट रहर लाग्दा छन् । सिजनका बेला ड्रागन फ्रुट बारीबाटै बिक्री हुने गरेको शाहीले बताउनुभयो । उहाँले भन्नुभयो ड्रागन फ्रुट सोचे भन्दा धरै राम्रो भयो । यहाँ लगाएको ड्रागन फ्रुटले एक वर्षमै फल दिन थाल्यो । यो वर्ष एक लाख रुपैयाँ भन्दा बढी मूल्यको ड्रागन फ्रुट बारी बाटै बिक्री भयो । अर्को वर्ष यसबाट आम्दानी बढ्छ । ”
Advertisement
साहीको बारीबाट विभिन्न जातका बिरुवाहरू पनि उत्पादन हुन्छ । दुई वटा हाई टेक टनेल (प्लास्टिक घर) बाट बिरुवा उत्पादन गरिएको छ । उहाँले भन्नुभयो“रामेछाप जिल्लामा अमिलो जातको फलफूल, त्यसमा पनि जुनार, सुन्तला र कागती राम्रो उत्पादन हुन्छ । सोही कुरालाई ध्यानमा राखेर फर्मबाट जुनार, सुन्तला र कागती लगायत अन्य विभिन्न जातका बिरुवाहरू उत्पादन गर्ने गरिएको छ ।”
२८ वर्षदेखि नर्सरी व्यवसायमा रहेको भए पनि गाउँमा कृषि कर्ममा लागेको २ वर्ष भएको शाहीले बताउनुभयो । यो अवधिसम्म ६० लाख रुपैयाँ भन्दा बढी लगानी भएको शाहीले बताउनुभयो । उहाँले भन्नुभयो “गाउँमा कृषि फर्म सुरुवात गरेको २ वर्ष भयो । यो अवधिसम्म ६० लाख रुपैयाँ भन्दा बढी लगानी भइसकेको छ । यो वर्ष सयपत्री फूलको उत्पादन राम्रो भयो । बजार पनि राम्रै पाइयो । ड्रागन फ्रुट पनि सोचे भन्दा राम्रो फल्यो ।”
Advertisement
Advertisement
प्रतिक्रिया