रामेछाप । अस्थायी डाइभर्सन रोशी खोलाले बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको हो । असोज १०, ११ र १२ गतेको बाढीले क्षतिग्रस्त बनाएको राजमार्ग विभिन्न ठाउँमा अस्थायी डाइभर्सन खोलेर सञ्चालनमा ल्याइएको थियो । तर, सोमबार अपरान्हको वर्षाले माम्ती नजिकै रोशी खोलाले डाइभर्सन बगाउँदा दुईतर्फी नै अवरुद्ध भएको हो । स्थानीयहरूका अनुसार डाइभर्सन मर्मत हुन समय लाग्ने देखिएको छ ।
प्रतिक्रिया