रामेछाप । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार सकिएसँगै रामेछापका किसानहरूलाई धान भित्र्याउने चटारो छ । तिहारको भाइटिकाको भोलिपल्ट देखिनै जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, लिखुतामाकोशी गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका लगायत क्षेत्रका किसानहरू धान काट्न र भित्र्याउन खेतमा व्यस्त छन् ।
केही किसानले तिहारअघि नै धान भित्र्याइसकेका छन् भने धेरै किसानलाई अहिले धान भित्र्याउने चटारो । दुःख गरेर लगाएको धान बाली भित्र्याउने समयमा पानी परेकाले किसान चिन्तित बन्नुपरेको मन्थली नगरपालिका–९ पुरानागाउँकी तारादेवी श्रेष्ठले बताउनुभयो ।
पानी परे भित्र्याउने अवस्थाको धानमा क्षति पुग्ने डरले किसानहरू धान भित्र्याउन हतार हतार खेतमा खटिएका छन् । बिहानै खेतमा पस्ने किसान अहिले धान काट्न, झाँट्न र भित्र्याउन व्यस्त छन् । दुःखले लगाएको मुख्य बाली फेरी यो वर्ष बाढीबाट बचेका धान भित्र्याउन किसानलाई चटारो रहेको मन्थली नगरपालिका–१ का कृष्णप्रसाद ढुङ्गेलले बताउनुभयो । यहाँका किसानहरूले खेतको धान भित्र्याएपछी तोरी, आलु, तरकारीहरू, मकै समेत लगाउने गरेको उहाँले बताउनुभयो ।
Advertisement
गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले तामाकोशी, सुनकोशी, खिम्ती खोला, रणजोर खोला, लिखु खोला किनारमा रहेका धेरै धान खेत बाढीले बगरमा परिणत भएका छन् । भित्र्याउने बेला भएको धान खेत बगर बनेपछि पीडित बनेका केही किसानहरू पुनः खेत बिराउन थालेका छन् भने धेरै किसानहरू राहत तथा सहयोगको आशामा बसेका छन् । कृषि विकास कार्यालय रामेछापका अनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा रामेछापमा ८ हजार ६७७ हेक्टर खेतमा धान रोपाइ हुँदा २४ हजार ६७७ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष राम्रो वर्षा भएका कारण गत वर्ष भन्दा धान उत्पादन बढ्ने आकलन गरिएको भए पनि गत असोजको तीन दिनको वर्षासँगै आएको बाढी पहिरोले ठुलो मात्रामा धान खेत नष्ट गरेको
प्रतिक्रिया