गाउँपालिका र विव्यसबिचको विवादले पठनपाठन रोकियो

रामेछाप । गाउँपालिका र विद्यालय व्यवस्थापन समितिको विवादका कारण रामेछापको एक विद्यालयको पठनपाठन नै बन्द भएको छ । जिल्लाको सुनापति गाउँपालिका र विद्यालय व्यवस्थापन समितिको विवादका कारण सुनापति गाउँपालिका–२ दिमीपोखरी स्थित श्री माध्यमिक विद्यालय मन्दर मेलचौरको पठनपाठन बन्द भएको हो । सो विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले सात महिनादेखि तलब भत्ता नपाएको भन्दै पठनपाठन बन्द गरेका हुन् । विद्यालय व्यवस्थापन समिति र गाउँपालिका बिच विवाद हुँदा सो विद्यालयमा अध्यापन गर्ने शिक्षकहरूले यो शैक्षिक सत्र सुरु भए देखिनै तलब भत्ता पाएका छैनन् ।

विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आइतबार संयुक्त विज्ञप्ति मार्फत वैशाखदेखि हालसम्म पनि तलब भत्ता नपाएकोले विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारी विद्यालयमा उपस्थित हुने तर अध्यापन कार्य नगर्ने निर्णय गरेको जानकारी दिएका छन् । शिक्षक कर्मचारीले शिक्षा विकास तथा समन्वय इकाई रामेछाप, सुनापति गाउँपालिका कार्यालय हिलेदेवी, सुनापति गाउँपालिका शिक्षा शाखा, सुनापति गाउँपालिका वडा नं २ कार्यालय दिमीपोखरी, जिल्ला शिक्षक महासङ्घ, रामेछाप, सुनापति गाउँपालिका शिक्षक महासङ्घ र विद्यालय व्यवस्थापन समितिलाई बोधार्थ दिँदै पठनपाठनको काम रोकेको घोषणा गरेका हुन् ।

Advertisement

सुनापति गाउँपालिकाले विद्यार्थी कम भएको भन्दै सो विद्यालयलाई गएको शैक्षिक सत्रमा आधारभूत विद्यालयमा घटुवा गर्ने निर्णय गरेको थियो । त्यसका विरुद्ध विद्यालय व्यवस्थापन समिति मुद्दामा गएकोमा उच्च अदालतले विद्यालय घटुवाको फैसला कार्यान्वयन नगर्न आदेश दिएको थियो । सोही मुद्दामा सर्वोच्च अदालतले भने यस शैक्षिक सत्रबाट गाउँपालिकाको विद्यालय घटुवा गर्ने निर्णय कार्यान्वयन गर्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले आधारभूत विद्यालय कायम गर्ने आदेश दिएको भए पनि विद्यालय प्रशासन र व्यवस्थापनले अटेर गरी माध्यमिक विद्यालयकै लेटर हेड प्रयोग गरेर कक्षा माध्यमिक तहको कक्षा सञ्चालन गरिएकोले विद्यालयको खाता रोक्का गरिएको सुनापति गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । स्थानीय तथा विद्यालय व्यवस्थापन समितिले भने राजनीतिक पूर्वाग्रह राखेर गाउँपालिकाले सो विद्यालयलाई आधारभूत तहमा घटुवा गरेको आरोप लगाउँदै आएका छन् । विद्यालयलाई आधारभूत तहमा घटुवा गर्दा सो विद्यालयमा पढ्ने आसपासका विद्यार्थीलाई समस्या परेको विद्यालय व्यवस्थापन समितिको भनाइ छ । यो विद्यालयमा अहिले १० जना शिक्षक कर्मचारी कार्यरत छन् । गाउँपालिका र विद्यालय व्यवस्थापन समितिबिचको विवादले उनीहरूले वैशाखदेखिको तलब भत्ता पाएका छैनन् ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च