स्थानीय सञ्चार माध्यमको विकासका लागि स्थानीय सरकारले भूमिका खेल्न सकेन : अध्यक्ष हुमागाईँ

रामेछाप । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले स्थानीय सञ्चार माध्यमहरूको विकासका लागि स्थानीय सरकारले खासै भूमिका खेल्न नसकेको बताउनुभएको छ । बुधवार रामेछाप सदरमुकाम मन्थलीमा रामेछापका सञ्चारकर्मीहरूसँगको छलफल कार्यक्रममा अध्यक्ष हुमागाईँले यस्तो बताउनुभएको हो ।

स्थानीय स्तरमा रहेका सञ्चार माध्यमहरूको विकासका लागि स्थानीय सरकारको जति भूमिका हुनुपथ्र्याे त्यति हुन नसकेको उहाँको भनाइ छ । जिल्ला भन्दा बाहिर विशेष गरी राष्ट्रिय मिडियाका नाममा विज्ञापन तथा सूचना प्रकाशन र प्रसारण गर्दा कमिसनको लोभमा जति पनि रकम खर्च गर्न तयार हुने स्थानीय सरकारले आफ्नै ठाउँका सञ्चार माध्यमलाई भने खासै प्राथमिकतामा नराखेको उहाँको गुनासो छ ।

Advertisement

स्थानीय सरकारले समाचार चाहिँ स्थानीय मिडिया खोज्ने तर विज्ञापन तथा सूचनाहरू भने महँगो मूल्यमा राष्ट्रिय मिडियामा प्रकाशन तथा प्रसारण गर्ने परिपाटी मौलाउँदै गएको उहाँको भनाइ छ । अहिले स्थानीय सरकार होस या अन्य जुनसुकै निकायले पनि आफैले विज्ञापनको रेट मनलाग्दी रूपमा तोक्ने परिपाटीको विकास हुँदा स्थानीय स्तरका मिडियाहरू थप धराशायी बन्दै गएको उहाँको भनाइ छ ।

अहिले ७० प्रतिशत भन्दा बढी पत्रकारहरूले आफै मालिक बनेर मिडिया चलाइरहेकाले पनि स्थानीय स्तरका सञ्चार माध्यमहरू सञ्चालनमा चुनौती देखिएको उहाँले बताउनुभयो । नेपालमा अहिले भएका सञ्चार माध्यमको नियामक निकाले प्रभावकारी काम गर्न नसकेकाले अर्को प्रभावकारी काम गर्ने नियामक निकायको आवश्यकता रहेको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागी भएका रामेछापका पत्रकारहरूले स्थानीय स्तरका सञ्चार माध्यमहरू स्थानीय सरकारको प्राथमिकतामा नपर्ने गरेको गुनासो गरे ।
स्थानीय स्तरमा रहेका सञ्चार माध्यमको विकास गर्नु स्थानीय सरकारको पनि दायित्व भए पनि सो अनुसारको काम नभएको पत्रकारहरूको गुनासो छ।

Advertisement

 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च