रामेछापका पाँच पालिकाले पाए बाढी पहिरो प्रभावित रकम

रामेछाप । सरकारले गत असोज १० देखि १२ गतेसम्मको बाढी पहिरो र डुबानबाट प्रभावित रामेछापका सबै पालिकाहरूलाई क्षति पु¥याएका स्थानका वस्तु, सेवा तथा संरचनाको मर्मत सम्भार तथा व्यवस्थापनका लागि रकम पठाएको छ ।
जिल्लाका आठ वटै पालिकाहरूलाई सामान्य बाढी पहिरो प्रभावित पालिकाहरूमा परेका छन् । सोही अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा प्रति पालिका ५० लाख रुपैयाँका दरले रकम प्राप्त भएको छ ।

कात्तिक १२ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वर्षाले क्षति पु¥याएका स्थानका वस्तु, सेवा तथा संरचनाहरूको मर्मत सम्भार तथा व्यवस्थापनका लागि प्राप्त भएको रकम जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट जिल्ला प्रशासनले सम्बन्धित स्थानीय तहको स्थानीय विपद् व्यवस्थापन कोषमा तत्काल नै निकासा गर्ने निर्णय गरेको थियो ।

Advertisement

बैठकले स्थानीय तहहरूलाई प्राप्त भएको रकम तोकिएका कार्यक्षेत्रमा प्रचलित ऐन, नियमको प्रक्रिया पूरा गरी कार्यान्वयन गर्ने र सो कार्यक्रमको कार्यान्वयनको अवस्था बारे जिल्ला समन्वय समिति रामेछापले अनुगमन गर्ने लगायतका निर्णयहरू गरेको थियो ।
निकासा भएको रकमबाट तोकिएको कार्य क्षेत्र र स्थानहरूमा मितव्ययी, पारदर्शी, छिटोछरितो रूपमा स्पष्ट नतिजा निकाल्ने गरी प्रभावकारी रूपमा सम्बन्धित स्थानीय तहहरूले कार्यान्वयन गर्नुपर्ने निर्णय भएको थियो । कार्यक्रम कार्यान्वयन सम्बन्धमा सम्बन्धित स्थानीय तहले जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको रोहवरमा सार्वजनिक सुनुवाइ गर्ने व्यवस्था मिलाउनुपर्ने लगायतको निर्णय गरेको थियो ।

तर अहिलेसम्म जिल्लामा रहेका आठ वटा पालिका मध्ये पाँच वटा पालिकाको स्थानीय विपद् व्यवस्थापन कोषमा रकम निकासा भएको छ ।
अहिलेसम्म मन्थली र रामेछाप नगरपालिका, उमाकुण्ड, गोकुलगंगा र सुनापति गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन कोषमा रकम पठाइएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति संयोजक राजु प्रसाद पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो “अहिलेसम्म मन्थली र रामेछाप नगरपालिका, उमाकुण्ड, गोकुलगंगा र सुनापति गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन कोषमा रकम पठाइएको छ । खाँडादेवी, दोरम्बा शैलुङ र लिखुतामाकोशी गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा रकम पठाउन बाकी छ । बैङ्क खाता लगायत केही समस्याले पैसा पठाउन सकिएको छैन । अबको एक दुई दिन भित्रै सबै पालिकाको विपद् व्यवस्थापन कोषमा रकम निकासा हुन्छ ।”

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च