मन्थली नगरपालिकामा बाढी पहिरो पीडितका ३०० वटा निवेदन

रामेछाप । गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षाका कारण रामेछापमा एक जनाको ज्यान गएको छ । पहिरोले गोठ पुर्दा गोठमा भैँसी र बाख्रा फुकाउँदै गरेकी रामेछाप नगरपालिका–६ ओख्रेनी दारिम बोकी ५४ वर्षकी धनमाया मगरको ज्यान गएको थियो । वर्षा जन्य विपद्ले मानवीय क्षति कम गरे पनि रामेछापमा भौतिक क्षति भने ठुलो मात्रामा गरेको सम्बन्धित पालिकाहरूको अनुमान छ ।

जिल्लाका धेरै स्थानका नागरिकको घर गोठमा क्षति भएको छ । किसानको धेरै मात्रामा खेत बारीमा क्षति भएको छ । तामाकोशी र सुनकोशी सहित खिम्ती, लिखु, रणजोर, सुकाजोर लगायतका खोलामा आएको बाढीले आसपासका ठुलो मात्रामा धान खेतहरू बगर भएका छन् । यति बेला बाढी पहिरो पीडितको उद्धार, राहतपछि पुनर्स्थापना लागिसक्नुपर्ने भए पनि रामेछापका स्थानीय सरकारले बाढी पहिरोले पु¥याएको क्षतिको वास्तविक तथ्याङ्क समेत सङ्कलन गर्न सकेका छैनन् ।

Advertisement

जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले पनि बाढी पहिरोको वास्तविक क्षतिको विवरण सङ्कलन गर्ने काम सकेको छैन । नगरपालिकामा बाढी पहिरोका कारण क्षति भएको भन्दै ३०० भन्दा बढी निवेदनहरू परेका छन् । नगरको विपद् व्यवस्थापन समितिमा परेका निवेदनहरूको आधारमा वास्तविक क्षतिको पहिचानका लागि वडा तहबाटै काम भइरहेको मन्थली नगरपालिकाको विपद् व्यवस्थापन समिति सचिव एवं सब.इन्जिनियर होम खड्का बताउनुहुन्छ ।

उहाँले भन्नुभयो “मन्थली नगरपालिकामा बाढी पहिरोको वास्तविक क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ । विवरण सङ्कलनको काम भइरहेकाले कुन क्षेत्रमा कति क्षति भयो भन्न सक्ने अवस्था छैन । अहिले नगरमा पीडितका ३०० निवेदन परेका छन् । यसका बारेमा वडागत रूपमा वास्तविकता पहिचान गर्ने काम भइरहेका छन् ।”

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च