समावेशी साकोस चिसापानीले एक वर्षमा ३५ लाख ५१ हजार बढी नाफा कमायो

रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा सञ्चालित समावेशी बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा ३५ लाख ५१ हजार रुपैयाँ बढी खुद नाफा कमाएको छ ।

सहकारीको शनिवार चिसापानीमा सम्पन्न १५ औँ वार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष उमेशकुमार श्रेष्ठले संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ मा एक करोड, एक लाख, ३२ हजार ६०४ रुपैयाँ आम्दानी गरेकोमा खर्च कटाएर ३५ लाख ५१ हजार ३४३ रुपैयाँ खुद नाफा कमाएको जानकारी दिनुभयो ।
कोषाध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार सो संस्थाको शेयर रकम हालसम्म ८४ लाख १८ हजार ५०० रुपैयाँ पुगेको छ । त्यस्तै बचत रकम ६ करोड ६७ लाख १३ हजार ८९१ रुपैयाँ पुगेको छ । संस्थाले हालसम्म ४ करोड ३५ लाख ७९ हजार ४६३ रुपैयाँ ऋण लगानी गरेको छ ।

Advertisement

कार्यक्रममा सहकारीका सचिव सुमनकुमार श्रेष्ठले आगामी आर्थिक वर्ष २०८१÷०८२ मा हाल रहेको एक हजार ४०२ जना शेयर सदस्यबाट कम्तीमा ३५१ जना थप गरी एक हजार ७५३ जना शेयर सदस्य पुर्याने लक्ष्य संस्थाले लिएको जानकारी गराउनुभयो ।
आर्थिक वर्ष २०८१÷०८२ मा सहकारीको चुक्ता शेयर पुँजी एक करोड, एक लाख ९० हजार ४०० रुपैयाँ र बचत रकम ७ करोड ६४ लाख २८ हजार ६३५ रुपैयाँ पु¥याउने सचिव श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

सचिव श्रेष्ठले आर्थिक वर्ष २०८१÷०८२ मा ७ करोड १३ लाख ३३ हजार २८५ रुपैयाँ ऋण लगानी लक्ष्य सहितको २९ बुँदे आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष भीमकुमार श्रेष्ठको अध्यक्षता र बागमती प्रदेश सांसद, प्रदेश पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठको प्रमुख आतिथ्यमामा संस्थाको १५ औँ साधारण सभा भएको हो । यो सहकारी २०६७ साल वैशाख ७ गते डिभिजन सहकारी कार्यालय काभ्रेपलान्चोकमा दर्ता भई सञ्चालन आएको थियो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च