रामेछापमा पाँच हजारले लिए राष्ट्रिय परिचयपत्र

रामेछाप । रामेछापमा १५ महिनाको अवधिमा पाँच हजार नागरिकले बायोमेट्रिक विवरण सहितको राष्ट्रिय परिचयपत्र लिएका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापले २०७७ साउन १ देखि राष्ट्रिय परिचयपत्रको फाराम भर्ने कार्यको थालनी गरेको थियो । जिल्लामा विवरण लिन सुरु गरेको तीन वर्षपछि २०८० साउन १० गतेबाट परिचयपत्र वितरण कार्य सुरु भएको थियो ।

हालसम्म ३५ हजार राष्ट्रिय परिचयपत्र बनेर आएकामा हालसम्म पाँच हजार जना नागरिकले राष्ट्रिय परिचयपत्र लिएको जिल्ला प्रशासन कार्यालय रामेछापका कम्प्युटर अपरेटर कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“रामेछापमा राष्ट्रिय परिचयपत्रका लागि विवरण भरेका मध्ये ३५ हजार हराहरीमा परिचयपत्र बनेर आइसकेको छ  । अहिलेसम्म पाँच हजार जनाले राष्ट्रिय परिचयपत्र लगिसकेका छन् । अहिले पनि राष्ट्रिय परिचयपत्र लिने र परिचयपत्रका लागि आवेदन दिनेको भिड छ ।”

Advertisement

उहाँका अनुसार कार्यालयबाट परिचयपत्रका लागि आवेदन दिएका र परिचयपत्र तयार भइसकेका सेवाग्राहीको मोबाइलमा सन्देश पठाएर जानकारी दिने व्यवस्था मिलाइएको छ । यसका आधारमा सेवाग्राहीले कार्यालयमा उपस्थित भएर परिचयपत्र लिन सक्नेछन् । जिल्ला प्रशासन कार्यालयले २०७९ मङ्सिर १२ गतेदेखि चैत ३ गतेसम्म जिल्लाका सबै पालिकाको वडा तहमा सञ्चालन गरेको घुम्ती शिविरबाट ७० हजार ९४० जना नागरिकको आवेदन सङ्कलन गरेको थियो ।

जिल्ला प्रशासनका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा १८ हजार ३९१ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण भरेका छन् । त्यसै गरी आर्थिक वर्ष २०८०÷०८१ मा ११ हजार २६५ जनाले मात्रै राष्ट्रिय परिचयपत्रका लागि विवरण भरेका छन् ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च