रामेछापको ऐतिहासिक चिसापानी गढीमा आन्तरिक पर्यटक बढे

रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा पर्ने जिल्लाकै ऐतिहासिक चिसापानी गढी घुम्न आउने पर्यटक बढेका छन् । चिसापानी गढीमा स्थानीय र प्रदेश सरकारले विभिन्न संरचनाहरू निर्माण गरेसँगै शैक्षिक अवलोकन भ्रमण सहित घुम्न र मनोरम दृश्यावलोकन गर्न आउने आन्तरिक पर्यटकहरू बढेका हुन् ।

पछिल्लो समय चिसापानी गढी घुम्न तथा अवलोकन गर्न आउने आन्तरिक पर्यटकहरू बढेको चिसापानी गढी संरक्षण तथा विकास समाजका संरक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।उहाँका अनुसार स्थानीय घडीछाँप डाँडाबाट गढीसम्म बागमती प्रदेश सरकारको ४० लाख रुपियाँ बजेटबाट एक हजार ४४८ पाइलाको ४५० मिटर सिँढी सहितको पैदल मार्ग निर्माण गरिएको छ । यस बाहेक ३० लाख रुपैयाँ बजेटबाट गढी संरक्षण तथा घेरा बार लगायतको काम गरिएको छ । मन्थली नगरपालिका–८ वडा कार्यालयको ६ लाख रुपैयाँ बजेटमा गढीमा सिद्ध बाबाको मन्दिर तथा ट्रस्ट निर्माण गरिएको छ ।

Advertisement

सिन्धुली गढीको सायक गढी चिसापानी गढीलाई नेपाल र अङ्ग्रेज युद्धको बेला नेपालका सेनाले प्रशिक्षण गर्ने थलोको रूपमा प्रयोग गरेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार नेपाल र अङ्ग्रेज युद्धको बेलाको भग्नावशेष र चिनोहरू रहेकाले चिसापानी गढीलाई महत्त्वपूर्ण मानिन्छ । अङ्ग्रेजसँगको युद्धमा नेपालका सेनाहरूलाई चिसापानी गढीमा प्रशिक्षण दिएर युद्ध गर्न सिन्धुलीगढी पठाइएको स्थानीयको भनाइ छ । नेपाल र अङ्ग्रेज युद्धको बेलाको भग्नावशेष र चिनोहरूको संरक्षण गर्दै थप कुराहरूको खोजी गर्ने क्रममा एउटा तरबार लगायतका सामाग्रीहरू फेला पारी संस्थानको संरक्षणमा रहेको चिसापानी गढी संरक्षण तथा विकास समाजका संरक्षक श्रेष्ठले बताउनुभयो ।

चिसापानी गढीलाई केन्द्रमा राखेर मन्थली नगरपालिका–८ चिसापानी गाईखुराबाट भिमसेनस्थान मन्दिरसम्म बागमती प्रदेश सरकारको ६० लाख र मन्थली नगरपालिकाको ५० लाख रुपियाँ बजेटमा दुई किलोमिटर सिँढी सहितको पैदल मार्ग केही वर्ष अगाडी नै निर्माण गरिएको मन्थली नगरपालिका पूर्वाधार विकास तथा अनुगमन शाखा प्रमुख डिल्ली अधिकारीले बताउनुभयो । चालु आर्थिक वर्ष २०८१÷०८२ मा नगरपालिकाको २० लाख र वडा कार्यालयको २० लाख बजेटबाट गढीमा व्यवस्थित पर्खाल, फुटपाथ निर्माण लगायतका काम गर्ने योजना अनुरूप टेन्डर भई सम्झौताको चरणमा रहेको उहाँले बताउनुभयो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च