प्रथम अखिल कप फुटबल प्रतियोगिताको तयारी पूरा, रामेछाप र सिन्धुलीका गरी १६ टिमको सहभागी हुने

रामेछाप । यही मङ्सिर १४ गतेदेखि १६ गतेसम्म रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालन हुने १५ वर्ष मुनिको प्रथम अखिल कप खुला पुरुष फुटबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ ।

आयोजक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी रामेछापले बुधवार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईले नेपाल फुटबल सङ्घ(एन्फा) को नियम अनुसार सञ्चालन हुने प्रतियोगितामा सिन्धुली जिल्लाको एक टिम र रामेछाप जिल्लाको १५ वटा टिमको सहभागिता रहने बताउनुभयो ।

Advertisement

प्रतियोगितामा विजेता हुने टिमले नगद रु २० हजार र उपविजेता टिमले नगद रु १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने र सेमिफाइनल प्रवेश गरी फाइनल प्रवेश नगरेका दुई टिमले नगद रु ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोल कर्ता खेलाडीलाई नगद एक हजार रुपैयाँ सहित ट्रफि प्रदान गरिने छ भने प्रत्येक गोल कर्ता खेलाडीलाई प्रोत्साहन स्वरूप प्रत्येक गोलको एक सय रुपैयाँ प्रदान गरिने छ ।
२०० भन्दा बढी खेलाडीले सहभागिता जनाउने प्रतियोगितामा प्रत्यक्ष तथा सामाजिक सञ्जालका माध्यमबाट १० हजार भन्दा बढी दर्शकले खेल अवलोकन गर्ने आयोजकको अनुमान छ ।

प्रतियोगिता मङ्सिर १४ गते शुक्रवार बिहान ८ बजे मन्थली नगरपालिका–१ कटहर बोटबाट ¥याली सहित मन्थली माध्यमिक विद्यालयमा प्रवेश गरी उद्घाटन हुने अध्यक्ष भट्टराईले बताउनुभयो । पत्रकार सम्मेलनका प्रमुख अतिथि अनेरास्ववियु स्थायी कमिटी सदस्य एवं प्रकाशन विभाग प्रमुख सागरहरि अधिकारी र एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले अनेरास्ववियुले गर्ने हरेक गतिविधिहरू नमुना योग्य र प्रविधियुक्त हुने गरेको बताउनुभयो । अहिले हुन लागिरहेको १५ वर्षमुनिको प्रथम अखिल कप खुला पुरुष फुटबल प्रतियोगिता २०८१ देशमै पहिलो भएकाले यसलाई सबै मिलेर भव्यताका साथ सफल पार्नुपर्नेमा उहाँहरूको जोड छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च