रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा शुक्रवार दिउँसो भएको फोर्स गाडी दुर्घटनामा परी मृत्यु भएका ५ मध्ये ४ जनाको पहिचान खुलेको छ । काठमाडौँबाट गोकुलगंगा गाउँपालिका वडा नं ४ बेताली जाँदै गरेको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सोही वडाको सिमल डाँडा भिरमा दुर्घटना हुँदा वडा अध्यक्ष सहित ५ जनाको घटना स्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीका वडा अध्यक्ष ४५ वर्षका रामचन्द्र बस्नेत, गाडी चालक मन्थली नगरपालिका–९ पुरानागाउँका वर्ष ३५ का हिराबहादुर कार्की, गोकुलगंगा गाउँपालिका– ५ की ३० बर्सिया कविता कार्की खड्का र उहाँकी छोरी वर्ष ७ की स्वस्तिका खड्काको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । मृतक एक जनाको पहिचान खुल्न बाकी नै रहेको उहाँले बताउनुभयो । दुर्घटनामा घाइते भएका कास्की जिल्ला लेखनाथ नगरपालिका घर भएका वर्ष ४२ का केशव शर्मा, पहिचान खुल्न बाकी अन्दाजी ४ वर्षका बालक र गोकुलगंगा गाउँपालिका–४ बेताली कि २७ बर्सिया सरस्वती कार्कीको सदरमुकाम मन्थली स्थित मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।
Advertisement
Advertisement
प्रतिक्रिया