पहिलो चौमासिकमा स्थानीय सरकारको विकास बजेट खर्च न्यून

रामेछाप । चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिकमा रामेछापका स्थानीय तहको विकास बजेट खर्च निकै कम देखिएको छ । रामेछापमा दुई वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी आठ वटा पालिका छन् । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा जिल्लाका मन्थली र रामेछाप नगरपालिकाले विनियोजित विकास बजेटको दुई प्रतिशत पनि खर्च गर्न सकेका छैनन् । अन्य ६ वटा गाउँपालिकाको पनि विकास बजेट खर्च निकै कम रहेको छ ।

जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले चालु वर्षको पहिलो चौमासिकको जम्मा १.६५ प्रतिशत विकास बजेट खर्च गरेको छ । विकास बजेट अर्थात् पुँजीगत तर्फ ३१ करोड ९३ लाख २६ हजार बजेट रहेकोमा कात्तिक मसान्तसम्म १.६५ प्रतिशत अर्थात् पाँच करोड २६ लाख आठ हजार ८७९ रुपैयाँ बजेट खर्च भएको मन्थली नगरपालिकाका महाशाखा प्रमुख एवं सूचना अधिकारी हेमन्तकुमार बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म जम्मा बजेट एक अर्ब एक करोड ९७ लाख ८१ हजार रहेकोमा १५.५५ प्रतिशत अर्थात् १८ करोड ७० लाख २० हजार ९४५ रुपैयाँ बजेट खर्च गरेको हो ।

Advertisement

यो अवधिसम्म चालु तर्फ ७० करोड ४ लाख ५५ हजार बजेट रहेकोमा २१.९ प्रतिशत अर्थात् १५ करोड ४२ लाख नौ हजार ६४५ रुपैयाँ बजेट खर्च भएको छ । यो अवधिसम्म साना ठुला गरी झन्डै ४०० योजनाहरू रहेकोमा २५ प्रतिशत अर्थात् १०० योजना मात्रै सम्झौता भएका छन् । सात वटा योजनाको काम सम्पन्न भएर भुक्तानी समेत भइसकेको छ ।

रामेछाप नगरपालिकाले पहिलो चौमासिकमा जम्मा बजेटको १४.३८ प्रतिशत मात्रै रकम खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म जम्मा बजेट ७६ करोड ८८ लाख ६९ हजार ५५१ रहेकोमा ११ करोड पाँच लाख ९० हजार ५७३ रुपैयाँ ९४ पैसा अर्थात् १४.३८ प्रतिशत मात्रै रकम खर्च गरेको हो । यो अवधिसम्म चालु तर्फ ५१ करोड ३७ लाख ३ हजार ७२३ रुपैयाँ बजेट रहेकोमा १० करोड ६६ लाख ८२ हजार ७८ रुपैयाँ ९४ पैसा अर्थात् २०.७७ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगत तर्फ २५ करोड ५१ लाख ६५ हजार ८२८ रुपैयाँ बजेट रहेकोमा ३९ लाख ८ हजार ४९५ अर्थात् १.५३ प्रतिशत बजेट खर्च भएको हो । नगरपालिकाको योजना शाखाका अनुसार साना ठुला गरी १०४ वटा योजनाहरू रहेकोमा दुई वटा योजनाको मात्रै सम्झौता भएको छ ।

Advertisement

जिल्लाको सुनापति गाउँपालिकाले पहिलो चौमासिकका जम्मा बजेटको १२.८३ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म जम्मा ५६ करोड ९० लाख ५२ हजार रुपैयाँ रहेकोमा १२.८३ प्रतिशत अर्थात् ७ करोड ३ लाख ४१ हजार १६४.७७ पैसा खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यो अवधिसम्म चालु तर्फ ३७ करोड ५९ खाल १५ हजार ८०० रुपैयाँ बजेट रहेकोमा १८.४४ प्रतिशत अर्थात् ६ करोड ९३ खाल २७ हजार ९१६.७७ रुपैयाँ बजेट खर्च भएको छ । त्यसै गरी पुँजीगत तर्फ १९ करोड ३१ लाख ३६ हजार २०० रुपियाँ बजेट रहेकोमा १.९२ प्रतिशत अर्थात् ३७ लाख १३ हजार २४८ रुपियाँ बजेट खर्च भएको छ ।

पाँच वटा वडा रहेको सुनापति गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१÷०८२ मा ७५ वटा भन्दा बढी योजनाहरू उपभोक्ता समिति मार्फत सम्पन्न हुनुपर्नेमा कात्तिक मसान्तसम्म ३२ वटा योजनाको उपभोक्ता समिति बनेका र २ वटा योजनाको सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यो वर्ष गाउँपालिकाले ४५ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएकोमा पहिलो चौमासिकसम्म लक्ष्यको २९.८८ प्रतिशत अर्थात् १३ लाख ४४ हजार ६०२ रुपैयाँ आम्दानी भएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च