रामेछाप । जिप दुर्घटनामा वडा अध्यक्षको निधन भएपछि रामेछापको गोकुलगङ्गा गाउँपालिकाले आइतबार शोक बिदा दिएको छ । गाउँपालिकाले शोक पत्र जारी गर्दै गाउँपालिका सहित पालिका भरका सबै कार्यालयहरूमा आकस्मिक सेवा बाहेक बिदा दिएको जानकारी गराएको हो ।
शुक्रवार काठमाण्डौबाट गोकुलगङ्गा गाउँपालिका–४ बेताली तर्फ जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको जिप सोही गाउँपालिकाको वडा नं ६ सिमल डाँडा भिरमा दुर्घटना हुँदा गोकुलगङ्गा गाउँपालिका–४ बेतालीका वडा अध्यक्ष रामचन्द्र बस्नेत सहित पाँच जनाको ज्यान गएको थियो ।
दुर्घटनामा गोकुलगङ्गा गाउँपालिका–५ की ३० वर्षीया कविता कार्की (खड्का), कविताकी छोरी ७ वर्षीया स्वस्तिका, गोकुलगङ्गा–४ कै साबिना बिक र गाडी मन्थली नगरपालिका–९ पुरानागाउँका हिराबहादुर कार्कीको ज्यान गएको थियो ।
दुर्घटनामा परी गोकुलगङ्गा–४ बेतालीकी सरस्वती कार्की र मृतक सबिनाका छोरा ४ वर्षीय सवीन बिक र कास्कीको लेखनाथ नगरपालिकाका केश बर्मा घाइते भएका थिए ।
Advertisement
प्रतिक्रिया