प्रदेश खबर

१४ फागुन, कांठमाडौं । मिटरब्याज पीडितहरु संसद भवनमा परिसरमै प्रवेश गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक चलिरहेका बेला मिटरब्याज पीडितहरु संसद भवन परिसरमा पुगेर नाराबाजी पुगेका हुन् ।

रामेछाप । नेकपा एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले नेकपा माओवादी विदेशीको दलाली गर्ने पार्टी भएको बताउनुभएको छ । नेकपा उमाले रामेछाप जिल्ला स्कुल विभागले सोमबार मन्थलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले माओवादीलाई विदेशी शक्तिले खुल्ला रूपमा प्रयोग गरेका दाबी गर्नुभयो । भारतीय नेताहरूले प्रचण्ड हाम्रो घोडा हो भनेर खुल्ला रूपमा भन्ने गरेका उहाँले टिप्पणी […]

काठमाण्डौ । युक्रेन युद्धमा अहिलेसम्म ३१ हजार सैनिकको ज्यान गएको छ । रुस–युक्रेन युद्ध शुरु भएपछि अहिलेसम्म ३१ हजार युक्रेनी सैनिकको ज्यान गएको बीबीसीले जनाएको छ । तर, घाइते भएका युक्रेनी सैनिकका बारेमा भने जानकारी दिन नसकिने राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बताउनुभयो । उहाँले रुसलाई योजना बनाउन सजिलो हुने भएकाले घाइतेको विवरण दिन नचाहेको बताउनुभएको खबरमा […]

‘सरकारकै कारण आर्थिक गतिविधि संकटोन्मुख भएको छ’ ः पौडेल रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारकै कारण मुलुकमा आर्थिक क्रियाकलाप ठप्प भएको बताएका छन् । यसअघि सरकारले थालेका महत्वपूर्ण आयोजनाको बजेट कटौती गरेर अस्तव्यस्त पारेको, आन्तरिक सुशासनलाई पूरै बेवास्ता गरेको उनको आरोप छ ।बुटवलको नहरपुर माविमा भारतीय सरकारको सहयोगमा निर्मित भवनको आइतबार उद्घाटन […]

१४ फागुन, काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ । इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको हो ।विमानस्थल स्रोतका अनुसार यति एयरलाइन्सको एनवाइटी ७८७ विमान विराटनगर उड्ने तयारीमा थियो । यसको उडानको निर्धारित समय ८ः३० थियो ।

१३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बैंकिङ क्षेत्रविरुद्ध अफवाह नफैलाउन र त्यसको पछि नलाग्न आग्रह गरेका छन् । निक्षेपकर्ताको विश्वासमा बैंकिङ क्षेत्र चल्ने भन्दै उनले कर्जा रिकभरीमा केही दबाब रहेको भएपनि पयर्याप्त तरलता भएकोले कुनै समस्या नरेहको बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको एड्भान्स बैंकिङ […]


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च