नवराज श्रेष्ठ विगत १२ वर्षदेखि मोफसल तथा राष्ट्रिय स्तरको पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन पत्रकारितामा सक्रिय छन् । उनी ग्रामीण विकास तथा पत्रकारिता विषयमा स्नातक गरी हाल कानुन विषयमा स्नातक गरिरहेका छन् । विशेष गरी रेडियो तथा अनलाइन पत्रकारितामा लामो समयदेखि सम्पादकीय भूमिका निर्वाह गर्दै आएका श्रेष्ठ कुशल सञ्चारकर्मी तथा अन्तरवार्ताकार पनि हुन् । विशेषतः उनी सामाजिक, राजनीतिक, शिक्षा, स्वास्थ्य र आर्थिक विटमा कलम चलाउनुका साथै बहस पैरवी पनि गर्छन् ।