इस्लामाबाद,पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको हांगु जिल्लामा भएको बम विस्फोटमा परी प्रहरी उपरीक्षक (एसपी) सहित तीन प्रहरी अधिकारीको मृत्यु भएको छ।
बीबीसी उर्दूका अनुसार, शुक्रबार साँझ भएको उक्त आक्रमणमा प्रहरी उपरीक्षक असद जुबैरको मृत्यु भएको हो। घटनामा अन्य तीन प्रहरीको पनि ज्यान गएको पुष्टि भएको छ।
Advertisement
हांगु शहर प्रहरी चौकीमा तैनाथ प्रहरी अधिकारी मोहम्मद तैफका अनुसार, आक्रमणकारीहरूले हांगु क्षेत्रको गाल्मिना चेकपोस्टलाई विस्फोटक पदार्थले निशाना बनाएका थिए।
घटनाको जानकारी पाएपछि एसपी (अपरेसन) असद जुबैर आफ्नो टोलीसहित घटनास्थलतर्फ गएका थिए। सोही क्रममा बाटोमा राखिएको आईईडी (इम्प्रोभाइज्ड एक्स्प्लोसिभ डिभाइस) विस्फोटनले एसपी सवार गाडीलाई निशाना बनाएको प्रहरीले जनाएको छ। विस्फोटमा उनीहरू सवार गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको र घटनास्थलमै तीन प्रहरीको मृत्यु भएको पुष्टि गरिएको छ।
Advertisement
घटनापछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। पाकिस्तानका केन्द्रीय गृहमन्त्री मोहसिन नकवीले घटनाको कडा निन्दा गर्दै ज्यान गुमाउने प्रहरी अधिकारीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।



























प्रतिक्रिया