काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका विभिन्न घटनामा संलग्न दोलखाका दुई जना पक्राउ परेका छन् । दोलखाको शैलुङ गाउँपालिका–१ घर भई काठमाडौँको जडिबुटि बस्ने ४८ वर्षीय गौतम घिसिङ र दोलखाकै बैतेश्वर गाउँपालिका –८ का २७ वर्षीय दीपक श्रेष्ठ पक्राउ परेका हुन् ।
घिसिङमाथि प्रहरीलाई बर्दी खोल्न लगाएर खोलैखोला लखेटेको आरोप छ भने श्रेष्ठ बैंक लुटपाटमा संलग्न रहेको पाईएको छ ।
पक्राउ परेका दीपक श्रेष्ठ जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य वैंक लुटपाटमा संलग्न भएको पाईएको छ ।
Advertisement
उनले बैंकबाट लुटेको रकमले मोटरसाईकल खरिद गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । श्रेष्ठले प्रहरीसमक्ष दिएको बयानमा बैंकबाट २ लाख ५० हजार लगेको र त्यसमा अरु पैसा थपेर मोटरसाईकल खरिद गरेको स्वीकार गरेका छन् ।
श्रेष्ठले बैंकबाट ३ थान सुनको बाला तथा एक÷एक थान औँठी र सिक्रि समेत लगेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य वैंकको नयाँ बानेश्वर शाखाबाट नगद तथा सुन गरि करिव ३८ करोड ४० लाख बराबर लुटपाट भएको थियो ।



























प्रतिक्रिया