रामेछाप । राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत सुनकोसी नदीमा बाँध निर्माण कार्य अत्यन्तै सुस्त गतिमा अघि बढेको छ ।
चार वर्ष सात महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०७९ पुसदेखि सुरु गरिएको कामको ६० प्रतिशत समय सकिँदा भौतिक प्रगति भने जम्मा करिब ११ प्रतिशत मात्र पुगेको आयोजनाले जनाएको छ । निर्माण व्यवसायी पटेल–रमण जेभीले सन् २०२३ जनवरी १ देखि काम थालेको भए पनि हालसम्म उल्लेख्य प्रगति गर्न नसकेको हो ।
Advertisement
आयोजनाका सिनियर डिभिजन इन्जिनियर तथा सूचना अधिकारी असोक गौतमका अनुसार यो अवधिसम्म कम्तीमा ४० प्रतिशतभन्दा माथि प्रगति हुनुपर्ने भए पनि ठेकेदारको ढिलासुस्तीका कारण काम निकै सुस्त रहेको छ ।
आयोजनाअनुसार बाँध निर्माणको कार्य सिन्धुलीको सुनकोसी गाउँपालिका–७ कानढुंग्रीमा भइरहेको छ, जहाँ करिब ३० मिटर अग्लो र १५८ मिटर लम्बाइको बाँध निर्माण हुने योजना छ । हाल रामेछापतर्फ कपर ड्याम (अस्थायी बाँध) निर्माण गरी स्थायी संरचनाको प्रारम्भिक काम भइरहेको बताइएको छ ।
कामको गति अत्यन्तै ढिलो भएपछि सरकारले ठेक्का तोड्ने तयारी थालेको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले यो बाँध निर्माणका लागि १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँमा सम्झौता गरेको थियो । यसअघि आयोजनाअन्तर्गत १३.३ किलोमिटर लम्बाइको सुरुङमार्ग (टनेल) निर्माण कार्य भने सफलतापूर्वक सम्पन्न भइसकेको छ । उक्त काम ८८चिनियाँ कम्पनी कोभेक (ऋजष्लब इखभचकभबक भ्लनष्लभभचष्लन)८८ले करिब ११ अर्ब रुपैयाँमा सम्पन्न गरेको हो ।
Advertisement
बाँध निर्माण सम्पन्न भएपछि उक्त सुरुङमार्फत प्रति सेकेन्ड ६७ क्युसेक पानी कुसुमटारस्थित मरिण खोलामा पठाइनेछ, जसबाट ६६.२९ मिटर हेड प्रयोग गरी ३१.०७ मेगावाट विद्युत उत्पादन गरिनेछ । सुरुमा करिब ४६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना अहिले ४९ अर्ब ४२ करोड रुपैयाँमा पुगेको छ । आयोजनाको लक्ष्य आ.व. २०८४÷८५ भित्र सम्पन्न गर्ने रहेको छ । सुनकोसी–मरिण डाइभर्सन आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका पाँच जिल्ला — बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा —का करिब १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने हो ।



























प्रतिक्रिया