प्रतिनिधिसभाबाट २०८२/८३ को बजेट र आर्थिक विधेयक बहुमतले पारित

काठमाडौं, असार १० – संघीय संसदको प्रतिनिधिसभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको बजेट तथा आर्थिक विधेयक बहुमतको आधारमा पारित गरेको छ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव ध्वनि मतबाट पारित भएको हो। बजेट पारित गर्ने प्रक्रियाका क्रममा सांसदहरूले पेस गरेका खर्च कटौतीसम्बन्धी प्रस्तावहरू भने अस्वीकृत भए।

Advertisement

विनियोजन विधेयक पारित हुने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक बहिष्कार गरेका थिए। दुवै दलले बजेटप्रति असन्तुष्टि जनाउँदै संसदको बैठकमा सहभागी भएका थिएनन्।

त्यस्तै, अर्थमन्त्री पौडेलले आर्थिक विधेयकसमेत प्रतिनिधिसभामा प्रस्तुत गरेका थिए, जसलाई बहुमतले पारित गरेको छ। आर्थिक विधेयकसँगै उनले राष्ट्रऋण उठाउने विधेयक पनि संसदमा पेस गरेका छन्।

Advertisement

बजेट तथा सम्बन्धित विधेयकहरू पारित भएसँगै सरकारलाई आगामी आर्थिक वर्षका लागि आवश्यक खर्च गर्न र स्रोत परिचालन गर्न संवैधानिक रूपमा अनुमति प्राप्त भएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च